हल्दिवारी l निर्वाचन आयोग सहायक नाम दर्ता अधिकारीको कार्यलय हल्दिवारीले आज सरोकार वालाहरुसग छ्लफल गरेको छ । गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको अध्यक्षतामा बसेको बैठकले मतदाता नामावली अधावधिक ( दावी बिरोध समेत ) कार्यक्रमलाई सहजरूपमा सफल पार्न सबैबाट सहयोग पुर्याउने निर्णय भएको सहायक नाम दर्ता अधिकारी सुरज पोखरेलले जानकारी दिनु भएको छ ।
बैठकमा निर्वाचन सम्बन्धमा वडा अध्यक्षहरु त्रिलोचन सापकोटा ,सेरबहादुर नेम्वाङ ,नेकपा इन्चार्ज धर्मराज सिवाकोटी ,सचिव हरि गौतम ,नेपाली काङ्ग्रेस सचीव गङा प्रसाद उप्रेती ,जलथल ,हल्दिवारी ,गोलधाप प्रहरी चौकी इन्चार्ज लगायतले बोल्नु भएको थियोे । सहायक नाम दर्ता अधिकारी सुरज पोखरेलका अनुसार यहि माघ १५ गते बिहीवार मतदाताहरुको नामावली प्रकासन गरिने छ ।
त्यस्तै १६-१७ र १८ गते प्रकाशित नामावली माथी दावी बिरोध तथा सच्याउन समेत सकिने छ । सबै प्रक्रिया पुरागरेपछी प्रमाणीकरण गरि निर्वाचन आयोगलाई बुझाईने कार्यक्रम देसभर नै संचालन भएको पोखरेलले बताए।
निर्वाचन आयोगले पठाएको बिवरण अनुसार निम्नअनुसार हल्दिवारीमा मतदाताहरु रहेका छ्न । वडा नम्बर – १ गरमकाली आवि केन्द्र – १५८४ भानु आवि केन्द्र- १५१० ,जनजागृती मावी केन्द्र – १६८६ ,वडाकार्यलय केन्द्र – १५८८ त्यस्तै वडा नम्बर २ को हल्दिवारी मावी केन्द्र – १५०६, सरस्वती आवि केन्द्र – १४५३. नवसृजना प्रावी केन्द्र – १३३८ ,रास्टिय एकता प्रावी केन्द्र – १४९३ त्यस्तै वडा नम्बर ३ को लक्ष्मी मावी केन्द्र – २७६३, रामेस्वर प्रावी केन्द्र – ७९८ त्यस्तै वडा नम्बर ४ को महेन्द्र मावी केन्द्र – ३१७७, दिपेन्द्र प्रावी केन्द्र – ८४८ साथै वडा नम्बर ५ को मोति आवि केन्द्रमा -: १६८४ तथा शान्ति प्रावी केन्द्रमा १४४५ मतदाता उक्त केन्द्रमा रहेका छ्न ।
अहिले मृत्यु भएका ,दोरोरिएका ,बसाई सरेर गएका तथा अन्य बिवरण गलत भएका मतदाताहरुको नामावली हटाउने तथा सच्याउने मात्र कार्यक्रम रहेको पोखरेल बताए । हल्दिवारी गाउँपालिका तथा सबै वडा कार्यलयमा मतदाता नामावली प्रकाशित गरिने तथा निर्वाचन आयोगको website : www.election.gov.np मा समेत हेर्न सकिनेछ ।
तपाईको मतदाता नामावलीमा नाम छ कि छैन तलको लिन्कमा किल्क गरेर पनि हेर्न सक्नु हुनेछ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1