विनोद कुमार दाहाल – काठमाडौ : नेपाली काङ्ग्रेसका नेता पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले बिना संबैधानिक अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकाले त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू बिस्वस्त रहेको बताए ।
उक्त कुरा उनले नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समिति क्षेत्र नं.३ ले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यक्त गरेका हुन । नेता सिटौलाले सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेको समयमा प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट सरकारलाई असहयोग भएकाले बिघटन गरिएको भन्नु सरासर झुट भएको बताए । सिटौलाले आ–आफ्नो क्षेत्रबाट प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको बिरोध गर्न आह्वान पनि गरेका छन् l
अन्तरक्रियामा कांग्रेस युवानेता कुन्दनराज काफ्ले ,झापा–काठमाडौं सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईं, लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
डिल्लीबजारस्थित सांस्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं.३ बाट काठमाडौंमा आई बसोबास गर्ने, नेपाली कांग्रेसमा आस्था राख्नेहरुको बाक्लो उपस्थिति रहेको थियोे ।