राज कुमार कार्की
चाइना आज छ भोलि छैन
राजनीति डाक्टर अन्त छैन।
ल भन्नु इन्डिया जानेकी चाइना
हाउस फुल होला चाडो गर्नु बैना।
बहत्तर करोड खायो रे त गोमन सापले
अब के के हुने हो दुई तिहाइको पापले।
राजनीति र लाज निति उस्तै- उस्तै हो रे त फेसन
चिसा घरे काकीले भनेको आटा भन्दा राम्रो रे त बेसन !
हिसाब किताब राम्रो राख्नु है चित्र गुप्ता दाइ
नत्र पछि गाह्रो हुन्छ होला है यमराजलाई।
आन्दोलन पनि कस्तो भेज हैन रे त ननभेज
एक हजार दिए आन्दोलन गर्ने मान्छे पाइन्छ रे कस्तो मोज।
यति मान्छेले खन्ने हो भने चाडै पुग्छ है कर्णालीमा बाटो
त्यसो गरे कसो होला यो आन्दोलन गर्नको साटो।
कहिले भन्छन् पौडेल रास्ट्रपति प्र म देउवा
दुई तिहाइ छदैछ यो सब फेरि मिलेर लेउवा।
नेपाली जनताको आशिर्वाद छ मिलेर नै चलाउ
यो जाडोमा मेची महाकाली देखि जनता नबोलाउ।
धन्यवाद ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1