हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। विराटनगरमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–२ का ६० वर्षीय ज्ञानु प्रधानलाई बुधबारसाँझ एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले जानकारी दिए ।

प्रधान विराटनगरमा लामो समयदेखि घरजग्गा सम्बन्धी कारोबार गर्दै आएका व्यक्ति हुन् । प्रहरीका अनुसार उनी प्राइम लाइफ इन्सुरेन्सका एजेन्ट पनि रहेको खुलेको छ । उनी विराटनगरको सेन्ट जोसेफ स्कुलका कर्मचारी पनि हुन् । घटना अनुसार विराटनगर–२ मै रहेको एउटा घर बिक्री गरिदिन प्रधानलाई घरधनीले आग्रह गरेका थिए ।

बिक्रीको तयारीमा रहेको घर किन्ने ग्रहाक खोजेका उनी ग्राहाक लिएर दिउँसो त्यहाँ पुगेको खुलेको प्रहरीले जनाएको छ । अमेरिका जाने तयारीमा रहेका घरधनी अहिले काठमाडौंमा छन् । प्रहरीका अनुसार अमेरिका जानुअघि विराटनगरमा भएको घर बिक्री गर्ने योजना रहेको कुरा उनलाई घरधनीले सुनाएका रहेछन् ।

त्यही घर किन्ने ग्राहाकको खोजीमा जुटेका प्रधानले दिउँसो ग्राहाक लिएर गएको र साँझ पुनः त्यही घरमा पुगेर घरधनीकी छोरीमाथि हातपात गर्दै बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । डीएसपी थापाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जनाए ।

उनले पीडित पक्षबाट किटानी जाहेरी परेमा प्रधानविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान थालिने जानकारी दिए ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार