हल्दिबारी न्यूज .इटहरी/ कांग्रेसका प्रभावशी नेता डा.शेखर कोइरालाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेसले मत हाल्नुपर्ने बताएका छन् ।

पार्टीव्दारा धरानमा आयोजित सुनसरी जिल्ला स्तरिय विरोध सभामा सार्वजनिक मञ्चबाटै उनले भने ‘संसद असम्बैधानीक रुपमा विघटन गरेका प्रधानमन्त्री केपी ओलीको विरोधमा देशभर आन्दोलन गर्ने तर प्रदेशमा ओली समर्थक सरकारलाई नै टिकाउने कुरा हुनै सक्दैन ।’ कांग्रेस केन्द्रिय सदस्य कोइरालाले प्रदेश १ र ३ मा ओली समर्थक सरकार विरुद्ध प्रस्तुत अविश्वासको प्रस्तावको विषयमा पार्टीको केन्द्रिय समितिले अहिले सम्म कुनै निर्णय नगरेको उल्लेख गर्दै उक्त कुरा बताएका हुन् ।

विरोध सभाको सभापतित्व गरिरहेका प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला संग उनले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गर्दै उनले भने ‘कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मतदान गरी प्रदेश सरकार ढाल्नु पर्छ ।’ केन्द्रिय सदस्य कोइरालाले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदम लाई असम्बैधानिक भनिसकेको बताउँदै एकातिर असम्बैधानिक कदमको विरोध गर्ने अर्कोतिर प्रदेशमा उस्कै समर्थक सरकार टिकाई राख्ने दोहोरो नीति कांग्रेसले अपनाउन नसक्ने स्पष्ट गरे । प्रदेश १ प्रदेश सभामा पुष १२ गते दर्ता भएको अविश्वास प्रस्ताव दुई पटक प्रदेश सभाको बैठक बस्दापनि टेबुल हुनसकेको छैन् । नेकपामा विभाजन आएपछि ओली समुहका मुख्यमन्त्री शेरधन राई विरुद्ध दहाल–नेपाल समुहले अविश्वास प्रस्ताव दर्ता गरेको हो ।

प्रस्ताव दर्ता भएपछि गएका माघ ७ गते प्रदेश सभाको हिँदै अधिवेशनको पहिलो बैठक बसेको थियो । तर अविश्वस प्रस्ताव टेबुल नभई बैठक ३ मिनेट चलेर स्थगित गरिएको थियो । दोश्रो पटक माघ २५ गते बसेको बैठक सत्तारुढ ओली समुहकै सांसदहरुले अवरुद्ध गरे । अबको बैठक फागुन ९ गतेका लागि तोकिएको छ । उक्त बैठक पनि ओली समुह व्दारा अवरुद्ध गरने सम्भावना छ । प्रदेशसभामा अविश्वास प्रस्ताव टेबुल भए सरकार जोगाउन ओली समुहको पक्षमा बहुमत नपुग्ने अवस्था छ । ओली पक्षले भने पार्टीब्ँट कार्वाही गरिएका दहाल–नेपाल समुहका प्रदेश सांसदहरु लाई बैठकमा प्रवेश नपाउने निहुँमा बैठक अवरुद्ध गर्दै आएका छन् ।

अविश्वास प्रस्ताव दर्ता भएपछि सरकार जोगाउन मुख्यमन्त्री शेरधन राईले प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता कोइरालाको इनरुवा स्थित घरमै पुगेर मुख्यमन्त्री समेत दिने प्रस्ताव गरेका थिए । अविश्वास प्रस्ताव दर्ता भएको झण्डै दुई महिना वित्न लागेपनि प्रदेश सभामा प्रमुख प्रतिपक्षी संसदीय दलले अविश्वास प्रस्तावको पक्ष, विपक्ष वा तटस्थ रहने भनि कुनै निर्णय गरेको छैन् । कांग्रेस केन्द्रिय समितिबाट कुनै निर्देशन नआएकाले संसदिय दलले कुनै निर्णय गर्न नसकेको प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठको भनाई छ । कांग्रेसको अनिर्णयकै कारण प्रदेश सभाको बैठकमा अविश्वास प्रस्ताव टेबुल गर्ने कुरामा विवाद उत्पन्न भएको आशंका गरिएको छ । यसै विच मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्ताव विधि र प्रक्रिया भन्दा बाहिरबाट आएको बताएका छन् ।

उनले संसदीय अभ्यास, दलीय व्यवस्था, प्रणाली, प्रचलित मूल्य मान्यता, विधि विधान विपरीत गएर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधको नाममा दुई तिहाइ बहुमतको सरकार ढालेर प्रधानमन्त्री, राष्ट्रपति र प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई समेत अपदस्त गर्ने तयारी भएको बताएका हुन् ।

प्रदेश सरकारको ३ वर्षे कार्यकालको प्रगति समिक्षा विषयक मुख्यमन्त्री राईले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न मुलुक एक ढिक्का भएको बेला जनताका चाहनाको नेतृत्व केन्द्रीय सरकार र त्यस राष्ट्रिय आकांक्षामा जोडिएर प्रदेश र स्थानीय सरकारले काम गरिरहेको बताउँदै भने ‘तर एक्कासी सत्तारुढ दल भित्रैबाट मलुकलाई अस्थिरतातर्फ, अराजकता तर्फ लैजान दुई तिहाई बहुमतको सरकारलाई ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमशः प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर पुनः बिगतको झै ६ महिने, ९ महिने, १५ महिने, १८ महिने सरकार बनाउने, ढाल्ने फोहोरी खेलमा लैजाने प्रयास भयो ।’ यस्तो कदमको सामना गर्न प्रधानमन्त्री बाट लोकतान्त्रिक पद्धती अनुसार मुलुक ताजा जनादेशमा जाने घोषणा भएको छ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार