फाल्गुन १०, भद्रपुर l बिरेन्द्र नमुना क्याम्पसमा आज अर्जुन राजवन्शी ज्युको अध्यक्षतामा ११ सदस्य जुनियर तथा युथ सर्कल पुनर्गठन गरिएकोछ ।

बिरेन्द्र नमुना क्याम्पसका प्राचार्य श्री खिलाराज कोइराला ज्युको सभापतित्वमा , नेरेसो भद्रपुर उपशाखाका सभापति श्री गोपाल गिरि , नेरेसो झापा शाखाका कार्यालय प्रमुख केदार महत , शिक्षक महासघ भद्रपुरका अध्यक्ष श्री गणेश गिरि , सोही क्याम्पसका सहायक प्राचार्य गिरिधर शर्मा कट्टेल , शिक्षक सह- नायक गिता देवी सापकोटा , पुर्व शिक्षक नायक श्री छविलाल बराल , शिक्षक श्री इन्द्र प्रसाद नेउपाने  , नेरेसो भद्रपुर उपशाखाका सचीव दिप कुमार लिम्बू, नेरेसो युवा रेडक्रसकर्मी साइक्षा नेपालको आतिथ्य तथा सो बिद्यालयका शिक्षक नायक श्री रुद्र प्रसाद गुरागाईको संचालनमा कार्यक्रम सप्पन्न भएको हो ।

सो कार्यक्रममा नेरेसो झापा शाखाका कार्यालय प्रमुख केदार महतले रेडक्रसको सिद्धान्त , मुल्य मान्यता, जुरेस, युरेसको गठन , काम , कर्तव्य आदि बारेमा जानकारी दिनुभएको थियो भने यस ग्रुपका मोडोरेटर एवं युवा रेडक्रसकर्मी साईक्षा नेपालले विद्यार्थी भाईबहिनिहरुलाई प्राविधि र ईन्टरनेटको सहि सदुपयोग गर्ने, प्राविधिलाई मैत्री कसरी राख्ने बारे साईबर बुलिङ्ग को सेसन राख्नुभएको थियो ।

सो कार्यक्रममा नवगठित सर्कलका पदाधिकारी सदस्यहरुलाई प्राचार्य खिलराज कोइराला , गोपाल गिरि , गिरिधर शर्मा, छविलाल बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार