पुष्कर भट्ट ,क्यानाडा

नाईका रेखा थापाले पनि रेखा थापा फाउन्डेसन र राउटेहरुको सबालमा नेपाली समाजलाई सार्बजनिकरुप मै जबाफ दिन जरुरि छ। किनकि हिजो रेखा थापाले सस्तो चर्चा र परिचर्चाको लागि समाजसेबीहरुको बिरुद्दमा जुन रिसको आगो ओकाल्दै “समाजसेवा अरुको पैसा मागेर होइन आफै गर्नु पर्छ ” भन्नु भयो – मलाई अचम्म लग्यो, २०७१ सालमा म लगायत अरु साथीहरु को संलग्नतामा ताम-झामका साथ् रेखा थापा फाउन्डेसनको काठमाडौँको प्रसिद्ध होटेलमा उदगाटन गरेर लोपुन्मुख जातीका राउटे समुदायको लागि करिब २०० वटा घर सुर्खेत्मा तथा राउटेहरु को बच्चाहरुलाइ उच्छ सिछया प्रदान गर्ने भन्दै ३ वटा केटा केटि “नेपाल राउटे बिकाश संघ” जोगबुडा, डढेलधुराका केन्द्रीय अधेछ्य श्री दान सिंह राउटेको सहयोगमा म पुस्कर भट्ट स्वयम्ले नै एस्थानिया पुलिस तथा समुदायसंग लिखित जमानी बसेर काठमाडौ ल्याकेको कुरा सर्बबिधित नै छ।

त्यसपश्चात, स्वयम्भु को आनन्दकुटी बिद्धापिठमा भर्ना गरेको थियो र करिब ३ लाख स्कुलमा तिरेको थियो। अहिले बच्चा कहाँ छन् र किन छन् ? अनि हिम्मत्वाली फिल्म प्रमोसनको लागि नजानिदो तरिकाले ४ जना राउटेहरुलाई फाउन्डेसन मार्फत काठमाडौँ लाएर फिल्म हल -हल चहारेर फिल्म प्रमोसनको लागि सोझा राउटेहरूलाइ प्रयोग गरेर जुन चर्चा बटुल्न सफल त तपाइँ हुनु नै भयो तर तेस्को भोलि पल्टै राउटेहरु कहाँ गए, कता गए र कसरि गय ? कुनै समबेदना र भाबना तपाइँ संग छ ? आजको मिति सम्म जान्न पनि चाहनु भएको छ रेखा जी ? हो मेरो प्रस्न छ कि , यो सबै गर्ने पैसा तपाईलाइ कहाँबाट आएको थियो ? तपाईले छातीमा हात राखेर जबाफ दिनु पर्छ। करिब २-३ करोड पैसा तपाईको आफ्नै थियो कि क्यानाडा को कुनै फाउन्डेसनले सहयोग गरेको थियो। के त्यो बेला तपाईले चन्दा माग्दा जायज हुने ?

अहिले समाजमा केहि राम्रो गरेका समाजसेवीहरुले माग्दा तपाइँलाई सहन नहुने ? आफ्नो पेशा,परिवार र ज्यानलाई सहित दाऊ मा राखेर , समाज सुधार तथा बिपन्न वर्गहरुका लागि सामाजिक भाबना राखेर समाजमा नमुना बन्दै यक अर्कामा पारस्परिक सहयोगको भाबना राखेर असल समाज निर्माणमा लागेका सम्माननिय धुर्मुस सुन्तली, रबि लामिछाने, ज्ञानेन्द्र शाही तथा हाम्री समाजसेवी नाईका स्वेता खडका ज्युको काम माथि तपाई ले प्रश्न गर्नु भन्दा पहिले तपाई रेखा थापा ज्युले आफ्नु रेखा थापा फाउनडेसनले के गर्यो भन्ने हेक्का राख्न जरुरि छ। यदि होइन भने तपाई जसो मुखले समाजमा प्रेरणा बन्छु भन्ने कलाकार बाट समाज दिगभर्रमित पार्ने र सम्पूर्ण समाजसेवीहरुलाइ निरुत्साहित पार्ने गरि बोल्न छुट पाउनु हुने छैन।

तपाई रेखा थापा लगाएत नेता भनिने राम कुमारी झाक्रलाइ पनि समाज सेवीहरु लाइ सहयोग गर्न सक्नु हुन्न भने पनि निरुसाहित पार्ने खालका अन्तरबार्ताहरु दिएर छोटो चर्चा मा नआउनु हुन् अनुरोध गर्दछु। थापा र झाक्री ज्यु उहाहरु ? हाम्रा सामाजिक नायकहरुले गरेको जति १५% मात्र तपाइँहरुले भासनमा बाहेक समाजमा गरेर देखाउनु अनि मात्र अरुको राम्रो काम को बिरोध गरेको सुहाउछ। रेखा थापा फाउन्डेसन को मेनेजर तथा सक्रीय सदश्यको नातले मैले राखेको प्रश्न को उत्तर रेखा थापाबाट सर्बजिनिक रुपमा पाउने आशा मा छु।

धेरै पत्र पत्रिकाहरुले फाउन्डेसन उद्घाटन गर्दा मुख्य समाचार बनाउनु भएको थियो तर फाउन्डेसन ले के गर्यो, के गर्दै छ ? फलो अप समाचार बनाउन पर्दैन थियो ? यो प्रस्न मेरो सम्पूर्ण मिडियाका साथिहरु लाई पनि छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार