बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनका लागि २ वटा प्यानल चुनावी मैदानमा छ्न । जसमध्ये नेकपा र राप्रपा निकट संयुक्त ब्यवसायी प्यानलका महासचिव पदका उम्मेद्बार अर्जुन मैनालीको चर्चा सुरु देखिनै अलि छुट्टै र विशेष किसिमबाट हुँदै आएको छ । लामो समय देखी व्यावसायिक मात्रै नभई सामाजिक क्षेत्रमा समेत अग्रणी नाम बन्न सफल मैनाली यूवा माझ निकै लोकप्रिय मानिन्छ्न ।
पुरानो नेतृत्वले पटक पटक जिते पनि प्रतिबद्धता गरेका एउटै काम पूरा गर्न नसकेको आरोप लागिरहेको वर्तमान अवस्थामा उद्योगी व्यावसायिको भावना अनुरुपको काम कुशलता पूर्वक गर्न पनि संयुक्त प्यानलबाट अध्यक्षका प्रत्यासी सुबास भट्टराईको प्यानलले नै जित्नुपर्ने व्यावसायिहरुको चाहना प्रष्ट देख्न सकिन्छ ।
विगतमा नेपाली कांग्रेस निकट व्यवसायीहरुले जित्दै धेरै समय नेतृत्व गरेको बिर्तामोड उद्योग वाणिज्य संघमा व्यवसायीक वातावरण निर्माण, व्यवसायिक हक हित र सुरक्षाका लागि कुनै पनि काम अघि बढ्न नसकेकाले कांग्रेस निकट व्यवसायीहरु पनि यो पटक भट्टराई नेतृत्वको प्यानललाई मौका दिन इच्छुक रहेको कांग्रेस निकट श्रोतको भनाई छ ।
सोही प्यानलका महासचिव पदका उम्मेद्बार मैनाली हाल चुनावी मैदानमा उत्रिएका झन्डै ४० जना मध्ये सर्वाधिक लोकप्रिय देखिएका छन । एकदर्जन जति व्यबसायिक तथा सामाजिक संघ संस्थाको नेतृत्व कुसलतापूर्वक गर्दै आएका मैनाली जित सुनिश्चित रहेको धेरैको बुझाई छ ।
महासचिवका उम्मेदवार मैनाली उद्योगी व्यवसायीका लागि अनुकरणीय नाम पनि हो । उनले सयौं युवालाई आफ्नो उद्योग, कलकाराखाना, होटल, पसलमा रोजगारी दिएर विदेशमा गएर पसिना बगाउनबाट रोकेका छन् । उद्यमी युवाको लगावका कारण स्वदेशी उत्पादनहरुको वृद्धि भइरहेकाले आत्मनिर्भरतातर्फ उन्मुख भइरहेको पाइन्छ ।