ऊर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, अहिले तत्काल त्यो सम्भावना छैन ।

आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै अदालतले फैसला सुनाएको हो ।

फैसलासँगै माओवादी केन्द्र र एमाले ब्युँतिने भएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार