नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीका विषयमा छलफल भएको बुझिएको छ ।
मंगलबार बसेको माओवादी केन्द्रले सरकार र संसदमा निर्वाह गर्ने भूमिकामा विषयमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
यता जनता समाजवादी पार्टीले सत्ता साझेदारीका विषयमा छलफलको लागि पाँच सदस्यीय कार्यदल नै गठन गर्ने भएको छ। जसपाको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल बनाउने भएको हो।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1