-राज कुमार कार्की
मानव मस्तिष्क छिया छिया भयो भएर लडाइ।
लड्डु खादै गरियो फेरि मिलेर हर्ष बढाइँ।।
लाग्यो किन हो घाटिमा लड्डुको नै पासो !
फेरि लड्डु फुटेर टुक्राटुक्रा भयो छैन मनमा हासो।।
आए म त हजुर शहरमा जङ्गलमा बस्न दिएनन् आलेले।
चाडो जानु नत्र निकाल्छु भन्यो फेरि त्यो वन पालेले।।
राम चन्द्रलाई पनि बिचार गरे लड्डु खुवाइ पठाउने वन बास।
योजना सब विफल भयो लड्डुले बनायो घरको न घाट।।
लड्डु बिक्न छाड्यो के गरौ भन्दैछ संगम स्विट ?
अब के गरौ भनि बिचरा हेर्दै छ ठूला बढाको ट्विट।।
कस्तो तीर हान्नु भो श्रीमान एक तीरले मार्यो तीन सिकार।
लड्डु खानेहरुको अड्कियो घाटीमा किन खायौ भन्दैछन् धिकार।।
तीर छोएको मात्रै होला श्रीमानले चलाए श्री कृष्ण ओलीले सुदर्शन चक्र।
कस्तो तीर हानेको थियो श्रीमान लड्डु फुटेर छरियो यत्रतत्र।।
बैद्य बा पनि औषधी बनाउन जङ्गल जान डराए।
चाडो आउनु जङ्गलमा अक्सिजन छैन रे भनि साथीलाई अराए।।
को बस्ला र हजुर अब यो यति राम्रो जङ्गलको घर ?
यसो सुगेको त मैले हजुर कार्बन डाई ऑक्साइड मात्रै छ वरपर।।
कस्तो सुनामी आयो जेट गाडी भयो ऐले टुक्राटुक्रा !
भन्दैछन् मन्त्री आले लौत को जाला अब जङ्गलको घरमा लुक्न !
धन्यवाद ।