२०४४ सालको अन्त तिर हुनुपर्छ ! आलोक साप्ताहिकका प्रधान सम्पादक श्यामकृष्ण उपाध्यायले दाजु भरत लाई बोलाएर आलोक सम्पादनको आग्रह गर्दै भन्नुभएको थियोे –
मेरो पत्रिकाको मर्यादा तिमिले राख्न सक्छौ ! आलोक चलाउ र यसलाई जिवित राख !!
सिद्वार्थ , बिबेचना अनि साप्ताहिक बिचार बाट प्राप्त अनुभव र उत्साहलाई आलोकमा प्रयोग गर्ने अठोटका साथ दाजुले उहाँको प्रस्ताव स्विकार्नु भो ! पन्चायतकालमा त्यो पनि पन्चायत ईतर बिचार बोकेर आलोक चलाउनु निकै ठुलो चुनौती थियो !
एउटा टिम बन्यो – ईलाम बाट धर्म गौतम , बिष्णु निष्ठुरी अनि बिमल बैद्य ! कृष्ण धराबासी झापामै हुनुहुन्थ्यो ! पाँचथर बाट कुमार यात्रुको सक्रिय सहयोग र सद्भभाव रह्यो !! सिकारु म पनि दाजुको सहयोगीको रूपमा सामेल हुँदै आलोक परिवारको सदस्य हुन पुगें !!
पत्रिका चलाएर खान त के साच्चै भन्ने हो भने पत्रिकाले आफ्नो खर्च समेत धान्न नसक्ने त्यस समय मेची बोर्डरमा दुई समाजसेवी चर्चित थिए – भद्रपुरमा ” नरसिंह चाचा ” र काकरभिट्टामा ” शशी दाजु ” !!
झापाका प्रायः पत्रकार ती समाजसेवीका दैलोमा हरेक महिना “खाम ग्रहण” का लागि उपस्थित हुन्थे अनि आफ्नो पत्रिका रुपि पर्चा मार्फत गुणगान गाउँथे ! एकाध वरिष्ठ त किशनगन्ज सम्म पुगेर raw का हाकिम सग डिनर सम्म भ्याउँथे ! चाचा र दाजु बाट प्राप्त ईन्डियन प्लेटका मोटरसाइकल चढेर नैतिक शिक्षा बखान्ने समेत आफुलाई पत्रकार ठान्थे !!
तिथि मिति ठ्याक्कै थाहा भएन ! एक समय सजिया बाँतर नामको एउटा थुनुवाको पुलिस हिरासतमा मृत्यु भएपछि डिएसपीले “पत्रकार भेटघाट” गरेर घटनालाई भवितव्य बनाई दिन र धेरै नउछाल्न आग्रह गर्दै खाम बितरण बाट कार्यक्रम समापन गरे ! दाजुको कडा निर्देशनलाई पालना गर्दै खाम अस्विकार गरेर घटनालाई सत्यताका साथ छाप्दा लामो समय सम्म पुलिसको तारो बनेको थियो आलोक !
बहुदल आगमन पछि दाजुको बसोबास काठमाडौ हुने भएपछि आलोक प्रकाशन स्थगित भयो ! जतिन्जेल चल्यो ईज्जत साथ चल्यो ! पत्रकारिताको धर्म निर्वाह गरेर चल्यो ! श्यामकृष्ण उपाध्यायको निष्ठा जोगाएर चल्यो ! उहाँको बिश्वास लाई कायम राखेर चल्यो ! सिडिओ को अगाडि निकै पटक बयानका लागि उभिनु पर्दा समेत आलोक बिचलित भएन ! त्यस समय झापामा पत्रकार थिए ! पत्रकारिता जिवित थियोे !! पत्रकारिताको धर्म कर्म र मर्म जिवित थियोे एकाध अपवाद बाहेक !!
आज लामो समय पछि झापा फर्केर हेर्दा धेरै पत्रकार बितेको पाईयो ! पत्रकारिता बिकेको पाईयो ! पत्रकारिता बन्द खामको पछि कुदेको देखियो ! पत्रकारिताको धर्म कर्म मर्म खाम भित्र बन्धक भएको देखियो ! चाचा र दाजु बितिसको अबस्थामा त्यस ठाँउमा बिर्तामोडका कुनै ” भाई ” बिराजमान देखिन्छन ! खाम प्रतिको मोह बढ्दो छ !! जत्रो खाम त्यत्रै समाचार !! जस्तो खाम त्यस्तै समाचार त्यस्तै स्तुति !!
पत्रकार पछिल्लो लहरमा छन अनि पत्रुकार अघिल्लो पङ्तीमा बिराजमान देखिन्छन ! पत्रकारिताको कार्ड ब्यापारी र तस्कर धम्काउने हतियार बनेको छ ! हुँदा हुँदा त यति सम्म यतिसम्म देखिन थालेको छ कि मलामी जाँदा पनि खामको आशा गर्ने जमात बढ्दो छ !
पत्रकारिताको नाममा पत्रुकारिता नै गर्नुछ ! हरेक सभा समारोहमा सहभागिताको लागि खामकै आशा राख्नुछ र पत्रकारिताको धर्म कर्म र मर्म लाई तिलान्जली नै दिनुछ भने अहिले झापामा अटो ब्यबसाय राम्रै फस्टाएको छ ! कमाई धमाई पनि ठिकै देखिन्छ ! ईज्जत प्रतिष्ठा पनि पक्कै होला !! त्यही स्वतन्त्र ब्यबसाय अपनाउँदा कसो होला ? पत्रुकार महोदय !!
( पत्रकार हरुलाई सम्मान गर्दै पत्रुकार महोदयहरुमा चोट पर्न गएको भए बिनम्रतापुर्वक क्षमायाचना )
पत्रकार र पत्रकारिता ! – ज्ञानमणि भुर्तेल
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1