• राज कुमार कार्की
    स्वर्ग जस्तै रहेछ है आँगनीको फूल
    कहाँ बाट ल्याएको कहाँ होला मुल !
  • कम्फर्टेवल रहेछ है बगैँचाको नाउँ
    दक्षिण दिशामा नै फर्केको हो गाउँ ?
  • भमरा हैन अरिङाल बस्लान फूलमा
    जरा काटिदेलान फेरि सुक्ला मुलमा।
  • बुढेसकालको नै भाउजूको ठूलै मेहनत
    दाजुको त झन् कत्रो भयो होला नाक।
  • साह्रै मेहनती हुन् नेत्र दाइ हाम्री भाउजू
    पुरस्कार स्वरुप किनेर ल्याइदिनु पाउजु।
  • राम्रै लाग्यो है शोभा भाउजूको फूलबरी
    हेर्दै गर्नु कम्फर्टेवल भनि छिर्लान हुल गरि।
  • रिबन काट्न आउलान है मन्त्री आले
    अक्सिजन छैन् भन्देलान राख्नु पाले।
  • हात्तीमा नै चढि गन्दैछ्न् रे तिनले गैंडा
    आफैलाई गन्न बिर्सेलान दाइ पहिला !
  • साह्रै राम्रो छ हजुर नेपाल देश हाम्रो फूलवारि
    उत्तर दक्षिण बाट आउलान फूल टिप्न हुल गरि।
  • मन पराउनेले हजुर फूल टिपेर नै हिड्छन्
  • माया गर्नेले बगैँचामा पानी हालेर छिरछन्।
    धन्यवाद ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार