मेलम्चीको पानी काठमाडौं उपत्यकावाशीको धारामा ल्याउन तीव्र गतिमा काम अगाडि बढाइको छ । यसैबीच आज खानेपानी मन्त्री मणि थापाले काठमाडौं उपत्यकामा विच्छ्याइएका पाईपहरु सफा गर्ने प्रक्रिया अन्तर्गत सुन्दरीजल आइपुगेको मेलम्चीको पानी ट्रिटमेन्ट प्लान्टबाट वितरण प्रणालीमा पानी पठाउने कामको शुभारम्भ गरे ।
आज मेलम्चीको पानीलाई थोक वितरण प्रणाली पाइपलाइन फ्लस गर्दै चावहिल नजिक धोबीखोलामा खसालिएको छ । पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण गरिने खाने पानी मन्त्रालयका सचिव माधव वेल्वोले जानकारी दिए ।
पहिलो दुई दिन चार करोड त्यसपछि ६.५ करोड र ४ दिनपछि ८.५ करोड लिटर वितरण गरिने सचिव वेल्बासेले जानकारी दिए ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1