राज कुमार कार्की

एउटा नेपाली समाज यस्तो छ जस्को जीवन धान्न नाम्लो डोको र तोक्माको भरमा दैनिक जीवन गुजारा गर्नुको बिकल्प छैन। ती हुन इच्छा बहादुर नेपाली जो बिकट गाउँमा पुस्तौंदेखि बस्दै आएका छन्।अलिअलि भएको पाखो बारी साहुको कपाली तमासुकको शिकार बाट वच्न सकेन कारण थियो पापी पेटको सवाल दस जनाको परिवार पाल्नु थियो।बर्सेनिका भान्टाङ्ग भुन्टुङ्ग केटाकेटी गरिबी रोगी श्रीमती दैनिक पापी पेटको सवाल आदि ।

दैनिक गुजारा चलाउन लिएको ऋणको बोझ थाम्न नसकी दुइ चार पैसा कमाएर चिसो चुलो तताउनको लागि शहर पस्छ्न। गाडीको तिर्ने भाडा नभएर कन्डक्टरले गाडी बाट तल झारिदिन्छ।बिचरा उ सँग खाने पैसा त छैन कसरी गाडी भाडा तिर्नु हिडेर लुरुलुरु पन्ध्र दिनमा काठमाडौको असन बजार जो व्यापारको मुटु मानिन्छ त्यहाँ पुग्छ त्यो रात चिसो सिडिमै बाँस बस्छ। बिहान करिब सात बजेतिर एउटा गोरो गोरो मान्छे खरो कपाल भएको आइपुउग्छ भरियाको खोजीमा तिम्रो नाम केहो भनि सोध्यो अङ्ग्रेजीमा मैले बझ्न सकिन के भनेको भनेर छेउमा उभिएको एक बिज्रुक नेपालीले भनिदिए तिम्रो नाम केहो रे मैले हतारमा भनिदिए इच्छा बहादुर नेपाली उस्ले भन्यो गूड नेम मैले खिसिक्क हासिदिए त्यतिकैमा भारिबोकेर उस्को पछिपछि लागे गन्तव्यमा पुर्याए पछि मिल्यो सय रुपैया हर्षले गदगद भए।

दिन चरिया यसरी नै बित्दै गयो पैसा कमाएर घरतिर पाठाउदै गर्यो।एक दिन कमाएको पैसाले एउटा ठेला गाडा किन्यो उसले अब त सामान ल्याउन लान कत्ति सजिलो भयो आहा! त्यतिकैमा सामान बिक्दै जादा एउटा कारखानाको मालिक सँग भेट भयो ल अब देखि मेरो सामान दोकान दोकान पुर्याउनु भन्यो त्यस बाट राम्रै कमाइ भयो। गुच्छा टोलमा बसेर कोदोको तीन पाने घरेलु रक्सी खादै गर्दा त्यो कारखानाको मालिकले देख्यो र भन्यो जाउ म सँग गए पछिपछि।नजिकै को रेस्टुरेन्टमा लग्यो र एउटा ठूलो बिदेशी रक्सीको बोतल ल्यायो र खोल्यो खाउ भन्यो एक प्याक हान्दा त भरिया दाइ लठ्ठ परे। उसले भन्यो अब त मार्नु पर्छ छ्लाङ बिचरा भरिया दाइले भने नाइ भो भो अब त पुग्यो खान्न फेरि कुन रक्सी ल्याउन आटे गाठे ! उ बोल्न सकेन त्यतिकै मा उसलाई भन्यो अब त दु:ख नगर भन्यो भोलिपल्ट बिहानै त्रिओउरश्वर कम्पनी रजिस्ट्रारको कार्यालयमा पुर्यायो थिच्न भन्यो भरिया दाइले थिचिदिए दस औंलाले।त्यतिकैमा एक दिन भरिया दाइको फोटो छापेको समाचार बजारमा अखबरमा आयो प्रहरीकै गाडी आयो उसलाई लिन लग्यो उ कर छलिमा जेलचलान घरमा श्रीमती बेहोस भैन खबर सुनेर छोराछोरी साहुकोमा हलिया भसे गाउँमा।

बर्सेनि देखि नारा आए महिला मुक्तिका दास प्रथा उन्मुलन जङ्गल देखि गाउँ शहर नारा गुन्जियो सबै बराबर! समाजले सम्झियो हाप्पेन्ट जोडेर पेन्ट बन्छ होला भनेर तर भैदियो ठिक बिपरित यहाँ त भएको पेन्ट काटेर हाप्पेन्ट हैन भित्र लगाउने पेन्टी पो बन्यो। हजारौं इच्छा बहादुर नेपालीका इच्छा कैद हुदैछन् दिन दिन। खै काको रागोलाई केले काटेर खाने बेसरी भन्थे खै एकादेशको कथा भयो! कता गयो समृद्धि कता मारे छ्लाङ कता गए सुनको फुल पार्ने कुखुरा? बृद्धअबश्था भत्ता बढाउनु त राम्रो कुरो हो तर यो सब के भोट बैंकको लागि मात्रै हो त! बजेट आउँछ जान्छ यति र उतिमा! के गर्ने साहस छैन बिद्रोह गर्ने जनताको हुतिमा! जे भए पनि वैदेशिक रोजगारीको रेमिटेन्स ले चिसो चुलो तात्दैछ।

भुन्टे र काली पनि बोडिङ स्कुलमा पढ्न जादैछ्न।बिदेशीले फ्री भिसा फ्री टिकट फ्री मै दिनु पर्छ भन्ने सरकारले एउटा नाम्लो त फ्रीमा दिन सक्दैन यो गणतान्त्रिक सरकार ।शासक बर्ग भने छ्लाङ र पलङमा मस्ती। कम्तीमा दूध खाने एउटा लैनो गाई होस गाउको गोठमा, एक मुठी भुटेको मकै पुगोस् ओठमा। सिंहदरवार उद्घाटन शिलान्यास न्वारान मै व्यस्त। सिंहदरवारले दर्जनौं मन्त्रीका नयाँ नयाँ अनुहार पाइरहन्छ तर इच्छा बहादुर नेपालीहरुका इच्छा भने जहिले घाममा सुकेको सुकै! धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार