डेक्स प्रमुख/हल्दिबारी मिडिया चन्द्रगढी / विराटनगरबाट शनिबारसाँझदेखि हराइरहेका एक बालक आइतबार बिहान विराटनगरकै सिंघीया खोलामा मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–८ हाटखोला घर भएका ७ वर्षीय उलब बस्नेतको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुुर राईले बताए । उनका अनुसार उपेन्द्र बस्नेतका छोरा उलब शनिबारबाट हराइरहेका थिए । उपेन्द्र नेपाल प्रहरीमा कार्यरत छन् ।

केही साथीहरुसँग खेल्ने क्रममा बालक खोलामा पुगेको र डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी राईले घटनाका बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार