आचार्य रामचन्द्र
– आचार्य रामचन्द्र
दिनमा कम्तिमा पनि ५ मिनेट देखि वढीमा सकेसम्म प्राणायाम गर्नु,याे निकै उत्तम र प्रभावकारी उपाए हाे।जसवाट मनाेसमस्या,टाउकाे दुख्ने,रिंगटालाग्ने जस्ता समस्यामा रामवाण सावित हुन्छ।याे जीवन पद्धति संग जाेड्नु पर्छ।मस्तिश्कमा शुद्दवायु प्रवेश हुने कारण स्मरण शक्तिवढ्ने,फाेक्साेकाे चालन र नाडि प्रकृया(मुटु)मा समेत फाईदा गर्ने अति गाेप्य याेग रहस्य हाे।
अति उत्तम र वैभव पूर्ण उपनिषद वेद वचनले निर्देश गरेकाे प्राणायाम विधि याेगकाे लागि प्राण वा वायु कृयाकाे सर्वाेत्तम तरिका हाे।
प्राणायामका ३ विधि छन।जसमा पहिलाे पूर्ण मन्त्र सहित प्राणायाम गरिन्छ याे शिद्दयाेगी,वेदका साधक तथा सन्याेपासाना विधि जानेका विद्वान तथा उच्च चेतनशिल र गायत्री उपासक एवं रितले व्रतनिष्ठ नैष्ठिकहरुकाे तरिका हाे।दाेस्राे केवल ओमकार स्मरण पूर्वक गरिन्छ याे मध्यम विधि हाे।श्वास प्रकया केवल लिने,बन्द गर्ने र छाड्ने गरि गरिन्छ।तेस्राे नास्तिक,ईशाइ म्लेच्छ,यवन,तथा वेद विराेधि तत्वहरुकाे कल्याणका खातिर केवल शारिरक विधिवाट श्वास प्रकृया चलाईईन्छ।जसमा आध्यात्मक भन्दा वा मन्त्र,विजमन्त्र वा ओमकार मन्त्र विहिन रुपमा केवल श्वास लिने ,वन्द गर्ने र छाड्ने मात्र काम हुन्छ उाे विधि अति उपयागी र विश्वभर प्रयाेगमा छl
प्राणायामवारे उपनिषका विषद वचनहरुले स्पष्ट पारेका छन।उपनिषद वेद नै हुन।प्राणायामकाे धेरै विधि र पद्दति भए पनि हाल सामान्य रुपमा स्वासकृया भन्दा ठिक हुने छ,जुन कुराकाे लामाे सिद्द प्रमाण र व्याख्यान छन।प्राणायाका शाश्त्रीय तरिका अनुसार भस्त्रिका,वाह्य,अनुलाेमविलाेम,कपाली,भ्रामरी उद्गिथ,प्रणव,उज्जायी,अग्निशार लगायत दर्जनाै तरिका छन।यी शास्त्रीय विधिलाई सनातन,वेदनिष्ठाका हिसावले यहाँ ३ प्रकारमा समावेश गरि प्रस्तुत गर्न खा्जिएकाे हाे तर यहाँ प्राणायाम भनेर केव एक विधि जाे अनुलाेमविलाेमवारे विस्तार गरिएकाे छ।याे अति सरल अति उपयागि र अति लाभप्रद पनि छ l
तरिका
प्राणायामकाे तेसाे र साभारण विधि उल्लेख गरिन्छ,जसले प्राणवायु वढाउन र स्वासप्रश्वास र मश्तिश्कमा स्तरिय रक्त संचार तथा वायु संचार गराउदछ।
१- पहिला हातकाे वुढी ओैलाले नाककाे दाहिना श्वास मार्ग(दाहिने नाक बन्द गर्ने)चार ओैला बायाँ नाकनेर खुल्ला बाहिर राख्ने र बिस्तारै श्वास लिने याे कृया जति समय सम्म सजिलाे गरि लिन सकिन्छ लिईरहने।(करिव १० सेकेण्ड)।
२-त्यसपछि हातका कान्छि ओैला र साहिली ओैलाका अन्तिम खण्ड वा टुप्पालेनाककाे देव्रे श्वासमार्ग बन्द गर्ने।याे स्थिरिकरण प्रकृया हाे हामीले तानेकाे श्वास अब शरिमा प्रवेश गरि बन्द गराईन्छ र हाम्राे शरिरका ७२ कराेड,७२ लाख ११ हजार शरिरका सवै नशा नशामा वायु संचरण हुन्छ र नशामा प्रवाहित हुने रगतकाे वायु विकार हटाई शुद्द प्राणवायु संचरण हुन्छ र शरिरमा थप उर्जा पैदा हुन्छ।नसवाट मश्तिश्ककाे नाडिमा रहेकाे वा यसमा वग्ने रगतमा शुद्द अक्शिजन/प्राणवायु भरि विका वाहिरिन सहयाेग हन्छ।याे कृया सकेसम्म आराम तरिकाले गर्नु पर्छ।यति आराम रुपले कि तपाईलाई आनन्द हुने हाेस।यदि भएन भने राेक्नु पर्छ र पुन सुरु गर्नु पर्छ।याे प्रकृया वढीमा २/३ मिनेट सम्म गर्नु पर्छ।
सफल साधकले यसलाई धेरै लामाे समय सम्म स्थिर गरि उमेरलाई समेत प्रभावित पारिदिन सक्दछन तर याे हालका मानिसकाे साधनाले संभव छैन।हामिले निकै आराम महशुस हुने गरि श्वास राेक्नु पर्छ।याे वेला मुख पूर्ण बन्द हनु पर्छ ,मुखवाट श्वास फेर्नु हुदैन।सुरु सुरुमा अभ्यास नहुदा मुखवाट पनि श्वास बाहिर जान्छ तर अभ्यासवाट सवै ठिक हुन्छ।
३-अब विस्तारै नाककाे दाहिने प्वालवाट राेकेकाे श्वास फ्या्कनु पर्छ ,जसवेला देव्रे नाक थुनेर बिस्तारै वुढी ओैला उठाई बाहिर निकाल्नु पर्छ।
याे निकै सजिलाे प्राणायाम र निकै प्रभावकारि विधि हाे,उठेर,वसेर,कार्यालयमा पनि सजिलै संभव छ ।सकेसम्म पद्माशन वा शुखासनमा वसेर गर्नु पर्छ।यसमा कुनै मन्त्र, विजमन्त्र,उपासनाविधिकाे प्रयाेग जाेडिएकाे छैन,यहाँ याे मन्त्रणा विधि उल्लेख गरिएकाे छैन,तर चाहनेले आेमकारकाे यी विधिमा संग संगै लगाउनु हाेला।
अस्तु।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार