खेम संग्रौला
आमाको हातमा एस्तो जादु हुन्छ,
चाहे त्यो झापड बनेर गालामा बज्रीएको होस वा बासको सिरकना बनेर ढाड्मा हानिएको होस,
अन्तत शुभआशिर्वाद स्वरुप शिरमा नै बर्सिनेगर्छ!
आमाले हरेक बच्चाको जन्म दिदा आफुलाइ मृत तुल्याइ पछि आफ्नो पुनर्जन्म पाउने गर्छिन!
आमा अनपढ हुन पनि सक्छिन तर सबैभन्दा अनमोल ज्ञानको खानी आमा बराबर अरुकोइ हुनसक्दैन दुनियाँमा !
सच्चा प्रेम अर्पण गर्ने दिदिबहिनि हुन,
झगडागरेर पनि स्नेह बाड्ने दाजुभाइ हुन,
अरुसग मागेरै भएपनि चाहना पुरा गर्ने बुबा हुन,
तर
हरेक सन्तानको मनमुटु बुझेर सहिकुरा दिने सक्ने केवल आमा मात्र हुन!
वास्तवमा मर्नको लागि त हजारौं बाटाहरु हुन्छ्न तर जन्म लिनको लागि केवल एउटैमात्र बाटो हुन्छ त्यो हो स्रीप आमा!
जुन परिवारमा ममतामहि आमा हुन्छिन त्यो परिवार कहिल्यै गरिब र दु:खि हुदैन !
निस्वार्थ माया पाउन अनि दिलखोलेर रुनको लागि सर्बोच्च ठाउ भनेकै आमाको काख मात्र हुन्छ!
त्यसैले यो त्रीलोकमा कोहिपनि परिवार आमा बेगरको नहुन,साथै कुनैपनि आमा सन्तान र घर भएर पनि निसन्तान जस्तो बेघर नहुन,
अनि कुनै आमा पनि बृधा आश्रम रुदै नभेटिउन।
चराचरका सम्पुर्ण आमाहरुलाइ मातातिर्थे औसीको शुभकामना ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार