- – दयानन्द गोस्वामी
बर्षींदैछन सारा तिम्रा ताराहरु
मौन किन छौ तिमी ऐ गगन !
उडिरहेछ त्यहाँ सौरभ धुलो
वनपक्षीहरु आफु आफैं मगन,
जुन रजत सरी नै भयो आज
दर्पण पनि त झल्किन लाग्यो,
सम्हालेर तरंगित भयो सरगम
स्वर सुधा वाद्यवादनको साज,
झुम्न लागे सारा मकरन्दहरु
नियन्त्रण गर आफु ऐ पवन !
बर्षींदैछन सारा तिम्रा ताराहरु
मौन किन छौ तिमी ऐ गगन !
हाँस्न चाहँदा पनि आएन हाँसु
रुँदा त झन पट्टकै छैन आँशु ,
के भयो है अचेल यो जमाना
विवेक पनि शनैः शनैः रवाना,
प्रकृतिले यदि धर्म नै छोड्यो
ममता नी तब रहँदैन कसैमा,
अविश्वास कसैको बढ्यो भने
क्रमश मानवता निकृष्ट होला,
कुण्ड कुण्ड पाशविक बिचार
यत्र तत्र व्यभिचारै व्यभिचार,
सत्य तथ्य बोल्ने कोहि छैनन्
कसैले हेर्न नी कोहि हेर्ने हैनन् ,
नियति निहायत यही नै रहेछ
कसलाई के भनुँ म ऐ भगवन !
बर्षींदैछन सारा तिम्रा ताराहरु
मौन किन छौ तिमी ऐ गगन !
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1