– देवेन्द्र किशोर ढुंगान

प्रिय बादल अहिले तिमी नबर्स
मेरी प्रियतमा आउदै होलिंन
जब उनी आऊलिन-
खुब बर्सी दिनु तिमी ।
उनी सोध्लिन-को आउदैछ प्रिय
म भन्दिउला कोही होइन प्रिय
बादल हो जो-
कतै धर्तीलाई गीत सुनाउदै होलिन।
प्रिय चरी हल्ला नगर
मेरी प्रियतमा आउदै होलिंन
जब उनी आउलिन-हांसी दिनु तिमी।
उनी सोध्लिन-को हांस्दै छ प्रिय
म भन्दिउला कोही होइन प्रिय
चरी हो जो-
कतै स्वर संगीत बिसाउदै होलिन।
प्रिय बत्ती अहिले तिमी ननिभ
मेरी प्रियतमा आउदै होलिंन
जब उनी आउलिन-निभी दिनु तिमी।
उनी सोध्लिन-
यहा अध्यारो किन प्रिय
म भन्दिउला कोही होइन प्रिय
बत्ती हो जो-
कतै पुतली संग प्रेम गर्दै होलिंन।
प्रिय मन त धैर्य गर
मेरी प्रियतमा आउदै होलिंन
यदि उनी न आए
म सम्झन्छु
छली हुन छले मलाई
म भन्दिउला
तिमी मलाई त्याग्दै जाउ
म हरपल रुदै जाउला ।
भद्रपुर,झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार