बिर्तामोड,  बिर्तामोड नगरपालिका ले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि कूल रू १अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रूपैयाको बार्षिक कार्यक्रम तथा योजनाको बजेट बिहिबार आयोजित सातौ नगर सभा मा नगर उप प्रमुख पबित्रा महताराले प्रस्ताव गर्नु भयो।

उक्त बजेट चालू बजेटको करिब १४% र संसोधन बजेटको करिब ३ % ले बृद्धी हुने अनुमान गरिएको छ। यसरी नगरको स्रोत अनुमान तर्फ आन्तरिक स्रोत रू १५ करोड,घर जग्गा रजिष्ट्रेशन रू १० करोड,लागत सहभागिता रू १ करोड ,संघिय सरकार बित्तिय समानीकरण रू २२ करोड ४९ लाख, , राजस्व बाँडफाँड रू ११ करोड ९ लाख ४६ हजार , सशर्त अनुदान रू ४२ करोड ८४ लाख, विशेष अनुदान रू १ करोड ९९ लाख ,समपुरक अनदान रू २ करोड ८५ लाख तथा प्रदेश सरकार बित्तिय समानीकरण रू १ करोड ३३ लाख ७२ हजार,शसर्त अनुदान रू ५० हजार, राजस्व बाडफाड रू १ करोड १७ लाख ११ हजार ५ सय, समपुरक अनुदान रू १ करोड र सामाजिक सुरक्षा रू २० करोड गरी कूल रू १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५ सय रूर्पैया बराबरको स्रोत अनुमान गरिएको जानकारी दिनुभयो। जसभा नगरको ब्यय तर्फ भने चालू खर्च रू ४४ करोड ३५ लाख १४ हजार र पूजीगत खर्च रू ६६ करोड ४२ लाख ६५ हजार ५ सय रूपैया तथा सामाजिक सुरक्षा तर्फ रू २० करोड गरि कूल खर्च रू १ अर्ब ३० करोड ७७ लाख७९ हजार ५ सय रूपैया ब्यय हुने अनुमान गरिएको छ। यसरी बजेट पेश गरिरहदा नगरले पुर्वाधारमा रू ५६ करोड १४ लाख ५०हजार , आर्थिक बिकास रू २८ करोड २७ लाख, सामाजिक बिकासमा रू ३८ करोड २ लाख १४ हजार ५ सय, बिपद तथा बाताबरण रू ७५ लाख ५० हजार , सार्बजनिक सेवा प्रशासनिक र चालू खर्च तर्फ रू ३२ करोड ९८ लाख १५ हजार बिनियोजन गरिएको छ।

बिश्वब्यापी कोभिडका दुई चरणले नगरले प्रक्षेपण गरे बमोजिम राजस्व संकलन मालपोत रजिष्ट्रेशन शुल्क ,घर बहाल कर ,सम्पत्ति कर, नक्सापास दस्तुर, ब्यबसाय कर मा २०% भन्दा कम संकलन गर्न सकिएको उपमेयर पवित्रा महतारा ले बताउनु भयो।

नगरको स्वास्थ्य बिमा को औषधी खरिद को पारदर्शिता तथा फोहोर ब्बस्थापन मा टेण्डर प्रकृया गलत छ भनेर सार्वजनिक सूचना दिनुपर्ने स्थानिय युवाको केहिदिन को बिरोध र यस बिषय प्रष्ट नगरे नगर सभा गर्न नदिने भनेर गरिएको आजको बिरोध बाबाजुत आज नगर सभा सम्पन्न भएको छ।यसैबीच बुधबार हिजो नगर कार्यपालिका बाट सो बिषयमा उपमेयरको संयोजकत्वमा बिज्ञ समेतको छानबिन समिती तयार गरेको छ।

नगर प्रमुख ध्रुब कुमार शिवाकोटी को सभापतित्व तथा प्रदेश माननिय एकराज कार्कीको प्रमुख आतित्थ्यमा सो सभा सम्पन्न ,नगर सभाको अर्को बैठक यहि आषाढ २० गते आईतबार बस्ने भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार