हल्दिबारी न्यूज डेक्स चन्द्रगढी १५ असार, । राष्ट्रिय धान दिवस अथवा रोपाई महोत्सवको अबसरमा नेपाली नागरिक पार्टी केंद्रीय समितिले एक प्रेस विज्ञप्ति जारी व्दरा सम्पूर्ण नेपाली किसान समुदायमा हार्दिक शुभकामना ब्यक्त गर्दै मानो रोपेर मुरी फलाउने दिन हो आज ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आबस्यक छ ।

सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ कि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन सकेको छैन।कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बृद्धि गर्न सरकारले नेपाली किसानहरुलाई थप प्रोत्साहन गर्नु पर्छ।

नेपाली नागरिक पार्टीका राष्ट्रीय अध्यक्ष रामचन्द्र बानियां क्षेत्रीले आज आबश्यक स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सांकेतिक रुपमा भयपनि परिवारका सदस्यहरुबीच धान रोपाईमा सरिक भई सिंगो देशका आम नेपाली किसान समुदाय प्रति ऎक्यबद्धता ब्यक्त गर्नु भयको छ । नेपाली नागरिक पार्टी यस बर्ष राम्रो संग बालि फलोस र सम्पूर्ण किसानहरुको उन्नति र प्रगति होस् भन्ने कामना गर्दछ बिज्ञप्तिमा जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार