बिर्तामोड । हाम्रो नेपाल बचत तथा ऋण सहयकारी संस्थाले कोभिड १९ का कारण लकडाउनमा परेका आफ्ना ऋणी सदस्यहरुको तीन महिनाको व्याज वापतको ४० लाख ३० हजार रुपैया छुट गरेको छ ।
गत बैशाख, जेष्ठ र असार महिनाको व्याज मिनाह गरिएको संस्थाका अध्यक्ष भावनाीप्रसाद दंगालले बताउनु भयो । अध्यक्ष दंगालका अनुसार कूल सेयर सदस्य १६ हजार ३ सय ७२ मध्ये ४ हजार ४ सय ५१ जना ऋणी सदस्यहरुको व्याज मिनाह भएको हो ।
विर्तामाडमा केन्द्रिय कार्यालय रहेको संस्थाको वार्षिक कारोवार डेढ अर्ब बराबरको रहेको छ । संस्थाले गत आर्थिक वर्षमा १ करोड ८६ लाख ४८ हजार ३ सय ८० रुपैया नाफा गरेको अध्यक्ष दंगालले बताउनु भयो । कोरोना प्रकोपका कारण संकटमा रहेका सदस्यहरुलाई संस्थाले विभिन्न राहत र सहयोग कार्यक्रम पनि सञ्चालन गरेको अध्यक्ष दंगालले बताउनु भयो ।
संस्थाका ऋणी सदस्यको कुनै कारण मृत्यु भई ऋण असुल हुन बाँकी देखिए त्यस्ता ऋण मिनाह हुने नीति अनुरुप गत वर्ष ७ लाख ३८ हजार ऋण मिनाह भएको पनि दंगालले बताउनु भयो ।