२ भदौ, काठमाडौं । राप्रपाका त्रय अध्यक्षहरु र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलका बीच नेपाली उद्योगी व्यवसायीका समस्या, कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभाव, अर्थतन्त्र उकास्न निजी क्षेत्रका प्रयास र राप्रपाले आगामी दिनमा समेट्नु पर्ने विषयमा रणनीतिक छलफल भएको छ ।
नेपाल चेम्वर अफ कमर्सको कार्यालयमा भएको भेटमा अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक क्षेत्रको बिकासको लागि कृषिलाइ प्राथमिकता दिनु पर्ने बताउनु भयो । नेपालले वर्षेनी खरवौ मूल्यका खाद्यान्न लगायत कृषिजन्य वस्तुहरु आयात गरिरहेको पृष्ठभूमीमा कृषिको सभाव्यता प्रचुरमात्रामा रहेकोेले कृषिलाइ प्राथमिकता दिन र कृषिको उत्पादकत्वमा वृद्धि गरी उत्पादनलाइ बजारसंग संयोजन गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
राप्रपाले निकट भबिष्यमा तर्जुमा गर्न लागेको आर्थिक नीतिका लागि उक्त पार्टीले निजी क्षेत्रको अवधारणावारे जानकारी लिने क्रममा आज चेम्वरमा आयोजित कार्यक्रममा चेम्वर अध्यक्ष श्री मल्लले कोभिडको राहत प्याकेज ग्रामीण स्तरमा पुग्न नसकेको बताउनु हुंदै बिदेशबाट सीप सिकेर आएका युवाहरुको सीप उपयोगका लागि न्युनतम व्याजदरमा कर्जा उपलब्ध हुनु पर्ने बताउनु भयो ।
यसका साथै घरजग्गा कारोवारलाइ व्यवस्थित गर्न व्रोकर लाइसेन्सको व्यवस्था, बिदेशी लगानीमा स्थापना हुने उद्योगमा पिपिपि मोडलमा जनस्तरमा लगानीको प्रावधान गरिनु पर्ने बताउनु भयो । उक्त अवसरमा राप्रपा अध्यक्ष कमल थापाले चेम्वरका सुझावहरु निकै उपयोगी भएको र चासोका साथ लिएको बताउनु हुंदै पार्टीको आर्थिक घोषणापत्र तर्जुमा गर्ने क्रममा चेम्वरबाट प्रस्तुत गरिएका सुझावहरुलाइ मनन गरिने बताउनु भयो ।
राप्रपाका अध्यक्ष पशुपति समशेर जवराले आर्थिक बिकासका सवालमा निजी क्षेत्रको अहं भूमिका हुने मान्यता सहित खुला बजार अर्थनीति तथा संगठित क्षेत्रमा निजी क्षेत्रको सहभागिता हुनु पर्ने बिश्वास राष्ट्रिय प्रजातन्त्र पार्टीको रहेको बताउनु भयो । राप्रपाका अर्का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीेले चेम्वरबाट प्रस्तुत सुझावहरुवारे जिज्ञासा राख्नु भएको थियो ।
सो अवसरमा राप्रपा आर्थिक बिभागका संयोजक उद्धव पौडेल र कार्य सम्पादन समितिका सदस्य मोहन श्रेष्ठको पनि उपस्थिति रहेकोे थियो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष श्री कमलेश कुमार अग्रवाल उपाध्यक्ष श्री दीपक मल्होत्रा, तथा चेम्वर कार्य समिति सदस्य श्री पर्शुराम दाहाल, श्री राजारत्न तुलाधर, श्री दीपक काजी तुलाधर र श्री राम श्रेष्ठको पनि उपस्थिति रहेको थियो । राप्रपाले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंग छलफल गरेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1