सम्पूर्ण नेपाली काङ्ग्रेसका समर्थक शुभ चिन्तकहरुको एउटैमात्र चाहना महाधिवेशनमा स्वस्थ स्वछ प्रतिस्पर्धा होस जहाँ नेताको भन्दा नितिको बारेमा छलफल होस।

जुन निति निर्धारण हुन्छ जसले नेपाली काङ्ग्रेसको बिधि बिधान अर्थात निति नियममा परिवर्तन ल्याउछ जुन निति नियमले नयाँ नेपालको विकासको खाका कोर्ने छ। तर जहाँ नितिको कुनै छलफल नै नगरी व्यक्तिको विचारलाई मात्रै प्राथमिकता दिइन्छ जसले गर्दा व्यक्ति हावी भएर जान्छ।

पावर र शक्तिको पुजारी हुन बाध्य हुन्छन् कार्यकर्ताहरु। जसका कारण कार्यकर्ता बिच दुरि बढ्दै जान्छ र एउटा नदीका दुइटा धार जस्तै हुन जान्छ जुन नदीका दुई धारहरु एक आपसमा चाहेर पनि कहिल्यै भेट हुन सक्दैनन्। धार भन्नाले सामुन्द्रीक सतहमा नियमित रुपभई निस्चित दिशा भई नदी झैँ सधैं अविरल बगिरहने प्रबाहलाई धार भनिन्छ।जुन नदीको दुई किनारको प्रतिनिधित्व गर्दछन्।जसको मिलनको कुनै सम्भावना नै छैन। यसरी एउटै विचार बोकेर एउटै लक्ष प्राप्तिका लागि हिडेका सहयात्री बिच किन भिन्न धार भिन्न बाटो त भन्ने कुराको सबैको मनमा कालो बादल मडारिनु पनि स्वभाविक नै मानिन्छ। एउटै लक्ष एउटै उदेश्य बोकेर बि पि को समाजवादलाई आत्मसात गरेर हिडेका सहयात्री बिच फरक बाटो फरक धार हुनु आफैमा आश्चर्यजनक हुन आउछ।

आजसम्म जे जति अधिवेशनहरु भए त्यहाँ नितिको नभएर नेताको आफ्नो निजी विचारको पछाडी दौडन कार्यकर्ताहरुलाई बाध्य पारिन्छ।जुन कुरोको पछाडि निजी स्वार्थ लुकेको हुन्छ। जहाँ सामुहिक विचार बाट सामुहिक नितिलाई अंगिकार गर्नुपर्ने हो त्यो हुन सकेको पाइदैन। वास्तवमा अहिले सबैको मनमस्तिष्क अहिलेको नेपाली काङ्ग्रेसको महाधिवेशन नेता मुखी कि निति मुखी भन्ने बारेमा चर्को बहस गरिरहनु पर्ने कुनै अवस्था नै देखिदैन किनकि नेपाली काङ्ग्रेस जस्तो विधिको शासन मान्ने बि पि को समाजवादी सिद्धांतलाई आत्मसात गरेर बि पि को सपना बोकेर हिड्ने पार्टीका नेता तथा कार्यकर्ता बिच किन ध्रुवीकरण किन भिन्न धार सौतेनी पट्टीका सन्तानको जस्तो व्यवहार गरिनु भनेको लक्ष बिहिन यात्रा हो भन्दा दुई मत नहोला।आजको आवश्यकता र कार्यकर्ताहरुको एउटै चाहना गाउँ वडा देखि केन्द्र सम्म नेताको नभएर नितिको बारेमा छ्लफल बहस होस जसको नितिको कार्यकर्ताहरुले सामुदायिक अनुमोदन गरियोस् बहुमतले पारित गरेको निति नियमलाई अर्को बहस नभएसम्म अर्थात अर्को महाधिवेशन नभए सम्म अनुमोदित निति नियम नै कार्यनयन गरेर सबैले हिड्नुको विकल्प हुनु हुँदैन।

पार्टीमा सङ्कट आइपरेमा वा नयाँ विचार चाहिएमा पुनः तल्लो तहसम्म छलफल बहस गर्ने परिपाटी बसाल्ने हो भने नेपाली काङ्ग्रेसले लिएको निति नियमले नेपालको विकासमा छ्लाङ मार्ने छ। नेपाली काङ्ग्रेसले यस्तो निति ल्यावस जसले नयाँ नेपालको आगामी पचास वर्षको विकासको खाका कोरेर पारदर्शी अर्थतन्त्रको तस्बिर नेपाली जनता सामु राखियोस जसलाई हेरेर जनताले नेपाली काङ्ग्रेसलाई मतदान द्वारा अनुमोदित गरेर सम्पन्न नेपाली सुखी नेपालीको सपनालाई साकार पारुन।

जसबाट नयाँ नेपालको निर्माण होस भन्ने सबै नेपाली काङ्ग्रेस सँग सम्बद्ध सबैको एउटै उदेश्य एउटै चाहना यही नै हो। आजको आवश्यकता एउटै बि पि को समाजवादी चिन्तनलाई आत्मसात गरेर नेपाली काङ्ग्रेस एउटै नदी हो जसको वारि पारीको धार नरहोस महाधिवेशनले भएका धारहरु मेटेर एउटै सिङ्गो नेपाली काङ्ग्रेस बनोस् यही छ तपाई हामी सबैको शुभकामना। जय नेपाल।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार