झापा , २० कात्तिक – झापाको विभिन्न ठाउँमा पछिल्लो समय देउसीभैलीको रौनक हराउँदै जान थालेको छ । विशेषगरी धर्म परिवर्तन तिव्र भएका ठाउँमा देउसीभैलीको रौनक घट्दै गएको हो ।

बिर्तामोड ,भद्रपुर ,दमक ,बुधबारे ,चक्चकि,चारपाने ,हल्दिबारी , लगायत ठाउँमा करिब एक/दुई वर्ष देखि  देउसीभैलीको रौनक हराउन थालेको हो । क्रिश्चियन धर्म अपनाउने दर बढेसँगै बिर्तामोड ,भद्रपुर ,दमक ,बुधबारे ,चक्चकि,चारपाने ,हल्दिबारी लगायतका ठाउँमा देउसीभैलीको रौनकमा कमी आएको स्थानीय बताउँछन् । हल्दिबारी गाउँमा क्रिश्चियन धर्ममा लाग्नेको संख्या बढ्दै गएपछि देउसीभैलीको रौनकमा असर पुगेको हल्दिबारी गाउँपालिका-३, ढडुवा बजार का स्थानीय बिपिन खतिवडाले  बताए ।

किराँत, हिन्दु, क्रिस्चियन र स्वर्गीकमार्गीका रुपमा स्थानीय विभाजित बन्दै भएपछि पछिल्लो समय देउसीभैली खेल्ने समूह सानो बन्दै गएको स्थानीयको भनाइ छ । क्रिश्चियतन धर्ममा लागेपछि हिन्दू वा अन्य धर्मसँग सम्वन्धित परम्परा अस्वीकार गर्ने गरिन्छ । केहि वर्ष अघिसम्म तिहार अगावै नयाँ मादल बनाउने वा पुरानो मादलको तालतुना कस्ने र खरी लगाउने गरिन्थ्यो । गाउँमा दुई तीन जोर मादल तयार पारेपछि तिहार आउनुभन्दा अगाडिदेखि नै गाउँमा घन्काइन्थ्यो, विभिन्न भाका गुञ्जिन्थ्यो । लक्ष्मीपुजाको दिनबाट भैली खेल्न थालिन्थ्यो । गाउँका चेलीबेटीको नेतृत्वमा भैली खेलिन्थेँ । लक्ष्मीपूजाको रात काटेर विहान ४ बजेपछि र भालेबासेपछि ‘देउसी रे’ भन्न थालिन्थ्यो । लक्ष्मीपूजाको दिनबाट सुरू हुने देउसीभैली भाईटीकाको दोश्रो दिनसम्म जारी रहन्थ्यो । प्रत्येक घरमा दोहोर्‍याएर देउसी खेल्न पुगिन्थ्यो । तर, अहिले गाउँ नै विभिन्न धर्ममा विभाजित भएपछि तिहारको रमझममा कमी आएको हो  ।

धर्म परिवर्तन गरेर क्रिश्चियन धर्मावलम्बी बनेका कतिपय स्थानीय पनि देउसीमा सहभागी हुन छाडेका छैनन् । उनीहरु मादल बजाउँछन्, गीत गाउँछन् र नाच्छन् तर ‘देउसी रे’ भन्दैनन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार