६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरू श्राद्द गर्नुपर्ने लायकको भएकोले नै श्राद्द गरेको हो । ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको निरन्तर सामुहिक श्राद्द गरे किन ? सभासदहरु, सांसदहरू र नेताहरू जिउँदो छँदा छँदै पनि श्राद्द गर्नुपर्ने लायकको भएकोले नै श्राद्द गरेको हो ।
जुनसुकै राजनीतिक दलहरूको सरकारको ध्यान नै नागरिकहरु संग कर र भ्याट कसरी लिने मात्र सोच छ । मुलुकमा विभिन्न कर र भ्याटहरुको नाममा सरकारले लुटिरहेको छ । मुलुकमा सरकारले कर र भ्याट लिए अनुसारको नागरिकहरुलाई सेवा र सुविधाहरू पनि दिन सक्नुपर्छ । पहिले ६०१ जना सभासदहरुले मुलुकको ढुकुटी रित्याए । अब ८८४ जना सांसदहरुले मुलुकको ढुकुटी रित्याएर मुलुकलाई बर्बाद पारे । संघीयताको नाममा मुलुकको ढुकुटी रित्याए । प्रधानमन्त्री ,मन्त्री ,सांसद र राजनीतिक दलका नेताहरुले मुलुकलाई निकास नदिएर अनिर्णयको बन्दी बनाई रहेका छन । मुलुकको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का हुन्छन् । मुलुकलाई निकास दिनुपर्यो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन सबै अलग-अलग कित्तामा र फरक-फरक मत राखी बारम्बार झुक्याई रहेका छन यसकारण मैले ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको सामुहिक श्राद्द गरे ।
मुलुकमा दिनहुुँ अपराधीकरण र दण्डहीनता बढदै गइरहेको छ । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु र राजनीतिक दलका नेताहरूले मुलुकको अखण्डता र स्वाधीनतामा आँच र दखल पुर्याउने काम गरिरहेका छन । नेपालको इतिहासमा नै विक्रम संवत २०५२ साल देखि २०६२/०६३ साल हुँदै २०७८ साल आजसम्म मुलुक संक्रमण काल बाट गुजि्ररहेको अवस्था छ । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा पार्ने काम भएकोले मैले ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको सामुहिक श्राद्द गरे ।
प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, सुकुम्बासी, जात-भात, धर्म, मधेसी, पहाडी, अधिकार, सहमति, सहकार्य, सम्झौता र संविधानको नाममा मुलुकलाई दस वर्ष द्वन्दमा धकेल्ने काम मात्र भयो । माओवादीका पुष्पकमल दाहाल र बाबुराम भट्टराई लगायतले पचासौं हजार जनताहरुको हत्या गरे । मुलुकको राष्ट्रिय संरचनाहरु ध्वस्त गरे । कम्युनिस्ट, माओवाद, सर्वहारा वर्गको नेतृत्व र विशेश्वर कोइरालाको सिद्धान्तको नामलाई भजाई आजसम्म सबैलाई झुक्याउने कार्य गरि राज्यकोष ढुकुटी व्यापक दुरुपयोग गरिरहेका छन । हाम्रो मुलुकमा ६०१ सभासद, ८८४ सांसद, प्रधानमन्त्री, मन्त्रीहरु र नेताहरूले बहुदल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता, सुकुम्बासी, जात-भात, धर्म, मधेसी, पहाडी, अधिकार, सहमति, सहकार्य, सम्झौता र संविधानको नाममा झुक्याउँदै आएकोले मैले विक्रम सम्वत २०६७ सालको मंसिर महिना देखि ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्रीहरु र नेताहरुको निरन्तर सामुहिक श्राद्द गर्दै आईरहेको छु ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।