rajendra lingden

राप्रपाको अधिबेशनको रौनक सुरु भएसङ्गै अहिले नेतृत्वको लागि ठुलो प्रतिस्पर्धा देखिएको छ। झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका माननीय राजेन्द्र प्रसाद लिङ्गदेनले अध्यक्षको लागि उम्मेद्बार घोषणसंगै राप्रपामा नयाँ चिरा थपिएको छ ।

आफुलाई हिन्दुहरुको मसिहाको रूपमा चर्को भाषण गर्ने लिङ्गदेन कै भाइ र मित्र गाउँपालिका अध्यक्ष रहेको हल्दिवारी र कचनकवल गाउँपालिका हुँदै दैनिकी गाई काट्नको लागि भारत लगिदै आएको छ । ५० औं गाडीमा दैनिकी बुढा गाईलाई मासुको लागि भारत लगिदै गर्दा आज सम्म अध्यक्षका उम्मेद्बार समेत रहेका किन एक सब्द बोल्दैन्न ? कतै उनको समेत त्यसमा सम्लग्ना त छैन प्रश्न खडा भएको छ ।

राजा र हिन्दु राज्यको चर्को नारा लगाउने राजेन्द्र लिङ्गदेनले आफ्नो पकड क्षेत्रबाट गाई काट्नकै लागि तस्करी हुँदा बोल्न नसक्नु र उनकै भाइ रवीन्द्र प्रसाद लिङ्गदेन गाउँपालिका अध्यक्ष भएको पालिकामा ३ करोडको बेरुजु र अर्का उनका मित्र अन्जार आलम अध्यक्ष रहेको कचन कवल गाउँपालिकामा ७ करोडको बेरुजु देखिनु र उनले यस बिषयमा एक शब्द नबोल्नु भनेको ” उनकै भनाईमा आमाको रगत खानु सरह “ हो कि होइन प्रश्न खडा भएको छ ।

एमालेको बुई चडेर सांसद त भए तर जनताले के पाए त शून्य ? अब फेरि राप्रपाको अधिबेशनले उनलाई अध्यक्ष बनायो भने झापा क्षेत्र नम्बर ३ को भन्दा हालत नाजुक हुन सक्छ ? हावादारी भाषण गरेर पपुलर हुनु भन्दा पहिले आफ्नाे ठाउँ बाट भएको भस्ट्राचार रोक, हाम्री आमा सरहकी गौमाता को तस्करी लाई रोकेर देखाउ ? लाजनिती होईन राजनीति गर माननिय लिङ्गदेन ज्यु । अज्ञात प्रसाद -राष्ट्रवादि नागरिक, झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार