गोलधाप ,६ पौष २०७८ । कर्णाली बचत तथा ऋण सहकारी सस्था लि को २१ औं इकाई बार्षिक साधारणसभा हल्दिवारी १ को गोलधाप राम जानकी मन्दिरमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सभाले बार्षिकअध्यक्षको प्रतिबेदन ,लेखा समितिको प्रतिबेदन माथी छलफल गरि अनुमोदन समेत गरेको छ ।

हल्दिवारी गाउँपालिका स्थित मंगल् बारे ,जलथल र गोलधाप सेवा केन्द्रका ३ सय भन्दा बढी सदस्यहरुको उपस्थित रहेको सस्थाका सचीव भुपाल बस्नेतले बताउनु भएको छ । उक्त अवसरमा सस्थाका सेयर सदस्य हात्तीको आक्रमणबाट घाइते भइ प्यारालाईसिस भएका कमल बहादुर प्रधानलाई २५ हजार मुल्य बराबरको हुइल चियर हस्तान्तरण गरिएको थियोे ।

सस्थाले झापामा १४ वटा इकाई मार्फत सेवा प्रदान गर्दै आएको छ भने ३० वटा सेवा केन्द्रबाट आफ्ना ३९,८६९ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको सचिव बस्नेतले जानकारी दिनु भएको छ । सस्थाले १०० जनालाई रोजगारी सिर्जना हुने किसिमको तालीम समेत दिन लागेको प्रतिबेदनमा जनाईएको छ ।

सस्थाले चालू आर्थिक बर्ष २०७८/०७९ मा ४ अर्व ४२ करोड ४२ लाख ६३ हजार ५३९ रुपैयाको बराबरको वासलास समेत प्रस्तृत गरेको छ । बार्षिक साधारणसभालाई सस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठले बाषिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने सस्थाका लेखा समिति सदस्य मनकुमार बेघाले लेखा परिक्षणको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

सस्थाका कोषाध्यक्ष एकराज बिष्टले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले गर्नु भएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार