गीतकार – पवन चामलिङ ‘किरण’
माया त आत्माको अभिव्यक्ति
भाषा प्राणको अमूल्य शक्ति
न कि तनको तिर्खा, मनको तृष्णा
यो त आत्माको शाश्वत साथी।
न जात, न थर
मायाको न उमेर हुन्छ
न कर, न रहर
मनको पवित्र उद्गार हुन्छ।
न सीमा, न देश
माया मनको तरङ्ग हुन्छ
सृष्टिकै अनन्त नाद यो
न रूप, न रङ्ग हुन्छ।
न समाज, न सरकार
न बन्धन र छेकाबार हुन्छ
मनको सत्ता स्वतन्त्र विचार
मायामा शक्ति अपार हुन्छ।
12/12/2021
प्रथम सरकार स्थापना दिवस
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1