सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (बुधबार) एक सूचना जारी गर्दै गृह मन्त्रालयले बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन १६ गतेको निर्णय अनुसार भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घरसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउछन् ।

‘फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८-११-१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचना :

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार