श्रीमान जिल्ला सभापति ज्यू नेपाली काङ्ग्रेस जिल्ला कार्यालय झापा,बिर्तामोड मार्फत श्रीमान केन्द्रीय सभापति ज्यू नेपाली काङ्ग्रेस, केन्द्रीय कार्यालय काठमाण्डू
बिषय : उमेद्वार छनौट प्रकृया सम्बन्धमा
महोदय, नेपाली काङ्ग्रेसले ०६२/६३ को दोस्रो जनआन्दोलन बाट,राजाले मन्त्री परिषदको अध्यक्ष भई राज्य सञ्चालन गरेको इतिहासलाई बदल्न सफल बनाएको इतिहास साक्षी छ माओबादी द्वन्द्व का कारण करिब सत्रहजार निर्दोष नागरिकले आफ्नो जिउज्यान बलिदान गरे पश्चात देशमा शान्ति ल्याउन सफल बन्नु भयो हाम्रा नेताहरू, संसदीय प्रणालीलाई खसिको टाउको देखाएर बाख्राको मासु बेच्ने थलो हो संसदीय प्रणाली,त्यसैले बन्दुकको नालबाट मात्र राज्य कब्जा गर्न सकिन्छ भनि २०५२ साल फागुन १ गते बाट माओवादीले आन्दोलन शुरू गरे पनि २०६३ साल मंङ्गसिर ५ गते दश बर्ष नौ महिना एकहप्ता एक दिन पछि उही संसदीय प्रणालीलाई स्विकार गरि जङ्गलबाट काठमाण्डू शहरमा संसदमा प्रवेश गराईयो।
२०६४ साल चैत २८ गते सम्बिधान सभाको निर्वाचन गराउन सफल भए ता पनि नेपाली काङ्ग्रेसले निर्वाचन हार्यो,कम्युनिस्ट पार्टीका क्रमश पुष्पकमल दाहाल ( प्रचण्ड ),झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने पनि सम्बिधान बन्न नसकी अन्तत २०६९ साल जेष्ठ १४ गते राति स्वत: सम्बिधान सभाको बिघटन पछि दोस्रो सम्बिधान सभाको निर्वाचनका लागि२०६९ साल मंङ्गसिर ७ गतेको मिति घोषणा गरेका थिए बाबुराम भट्टराईले,यस्को बैधानिकता माथि प्रश्न उठे पश्चात सम्पूर्ण दलहरूको सहमतिमा प्रधानन्यायाधीश सम्माननीय खिलाराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्ष बनाई निर्वाचन गर्ने जिम्मेवारी दिईएको थियो,पहिलो सम्बिधान सभाले सम्बिधान बनाउन सकेन नेपाली काङ्ग्रेसलाई बहुमत दिनुहोस,यदि बहुमत दिनु भएन भने सम्बिधान सभामा ठूलो दल बनाउने गरि मतदान गर्नुहोस हामी सम्बिधान बनाउछौ भनि आम मतदातालाई देशैभरि दुईसय चालिस निर्वाचन क्षेत्रमा भनेको आधारमा २०७० साल मंङ्गसिर ४ गते दोस्रो सम्बिधान सभाको निर्वाचन भएको थियो,l
जसमा प्रत्यक्षबाट २४० सिटमा भएको निर्वाचनमा सबै भन्दा ठूलो दलको हैसियतमा बिजयी बनाए नेपाली काङ्ग्रेस:-२९•८०% मत १०५ बिजयी नेकपा एमाले। :-२७•५५% मत ९१ बिजयी माओबादी केन्द्र :-१७•७९% मत २६ बिजयी र अन्य दलले :-२४•८६% मत प्राप्त गर्दै १८ सिटमा बिजयी हासिल गरेका थिए,समानुपातिक ३३५ सिट र २६ जना मनोनीत गरि ६०१ सिटको सम्बिधान सभाको ब्यबस्था गरिएको छ।समानुपातिक ३३५ सिट मध्ये समानुपातिकमा खसेको मतभारको आधारमा, नेपाली काङ्ग्रेस:-१०० सिट नेकपा एमाले। :-९२ सिट माओवादी केन्द्र :-६० सिट अन्य। :-८३ सिट र त्यसै गरि २६ जना मनोनीत मध्ये नेपाली काङ्ग्रेस:-८ जना नेकपा एमाले। :-७ जना माओवादी केन्द्र :-५ जना अन्य ६ जना गरि ६२७ सदस्सिय सम्बिधान सभा गठन भएको थियो ,यही सम्बिधान सभाले २०७२ साल असोज ३ गते स्वर्गीय शुशिल कोइरालाको सरकारले सम्बिधान बनाई घोषणा गरेको थियो,साथै मतदाता समक्ष आफूले गरेको वाचा पनि पुरा गरेको इतिहासले पुष्टि गरेको छ शुशिल कोईरालाको निधन पछि शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित बनि प्रधानमन्त्री भएका थिए, शेरबहादुर देउवाले नेपाल अधिराज्य भरि ७४४ स्थानीय तहको ब्यबस्था गर्दै स्थानीय तहको निर्वाचनका लागि मिति घोषणा गरि तीन चरणमा निर्वाचन गराएका थिए =पहिलो चरणको निर्वाचन २०७४ साल बैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गत चौतीस जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन भयो भने =दोस्रो चरणको निर्वाचन २०७४ साल असार १४ गते प्रदेश नम्बर १ ,५ र ७ अन्तर्गत ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।
सम्बिधानको घोषणा संगसगै दुई नम्बर प्रदेशमा टाएर बलि रहेको अवस्थामा त्यस प्रदेशका राजनैतिक दलका नेताहरू संग वार्ताको माध्यमबाट स्थानीय तह संख्याको हेरफेर गरि कुल ७५३ स्थानीय तह हुने गरि निर्धारण गरियो र निर्वाचनमा सहभागी बनाउने प्रयास सफल बनायो देउवा सरकारले, :-तेस्रो चरणको निर्वाचन २०७४ साल असोज २ गते दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा निष्पक्ष निर्वाचन गराउन सफल बनेको थियो ,यसरी हेर्दा निम्नानुसारका स्थानीय तहमा जनप्रतिनिधिहरूले काम गरि रहेका छन l
महानगरपालिका संख्या :-६ उपमहानगरपालिका संख्या :-११ नगरपालिका संख्या :-२७६ गाउँपालिका संख्या :-४६० छन। स्थानीय तह ७५३ मा ६७४३ वडा रहेका छन। अब उमेदवार छनौट सम्बन्धमा लागौ , तीन चरणको निर्वाचनमा ७५३ स्थानीय तहका ६७४३ वडामा मेयर,उप मेयर,गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र अनिवार्य दलित महिला एक जना,अनिवार्य महिला सदस्य कम्तिमा एक जना गरि निर्वाचन हुने ब्यबस्था गरिएको छ,मेयर,उप मेयर,अध्यक्ष, उपाध्यक्ष मध्ये कुनै एक पदमा अनिवार्य महिला हुनुपर्ने पनि ब्यबस्था गरिएको छ, यसरी तीन चरणमा निर्वाचन हुदै गर्दा छनौट भएका मेयर ,उप मेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरूलाई उमेदवार छनौट गरेको थियो, ती मध्ये कतिपय निर्वाचित हुनुभयो भने ,कतिपय उप बिजेता बन्नुभयो, बिजयी साथीहरूले आफ्नो पद अनुसार पार्टीलाई मूल आधार बनाई पार्टीको हित र मतदाताहरूको हितलाई ध्यानमा राखि काम गर्नुभएको बिबरण पार्टीको तर्फबाट मागियो ,मागिएन,यदि मागियो भने निर्वाचित साथीहरूले प्रतिवेदन पेस गर्नु भयो वा भएन,यी सबको लेखाजोखा हुन जरुरी देखिन्छ, यसैगरि निर्वाचनमा उप बिजेता हुनुहुने साथीहरूले छायाँ सरकारको रूपमा काम गर्नु भयो वा भएन,उहाँहरू पनि पाँच बर्षका लागि प्रतिनिधि बन्न तयार रही उमेदवार बन्नु भएको कुरा लेखमा स्पष्ट पारि रहनु नपर्ला भन्ने लाग्छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा भई सकेको अवस्था छ,२०७९ साल बैशाख ३० गते एकै चरणमा निर्वाचन हुने गरि घोषणा भए पछि स्थानीय तहमा उमेद्वार बन्ने चहलपहल बढेको देखिन्छ,यस अघि बिजयी बन्नुभएका साथीहरू पनि आकाङ्क्षी बन्ने चर्चा सुनिदैछ,बिजयी साथीहरूले आम मतदाताको हितमा ध्यान राख्दै पार्टी सङ्गठनलाई कति मजबुत बनाउनु भयो,यी र यस्ता कुराहरूलाई पार्टीले मूल्याङ्कन गरेको छ वा छैन यी सबैको लेखाजोखा गरिएन भने कार्यकर्ताहरू निराशा बन्ने पक्का छ,संधै भरि पुराना बिजयी साथीहरूलाई मात्र खट्नुपर्ने अवस्था आए कार्यकर्तामा निराशा आउनु अस्वभाविक मान्नु पनि हुदैन, चौधौं महाधिवेशनमा गुट र उपगुटको कारणले केही राम्रा साथीहरूलाई ल्याउन सकिएन,भने केही नयाँ अनुहार पनि बिजयी बनेका छन,आगामी पाँच बर्ष परिक्षणको रूपमा पनि हेरिएको छ,गुट र उपगुटको कारण प्रत्येक वडाको सङ्गठन स्थिर देखिँदैन,यस्तो अवस्थामा पुराना कार्यकर्ताहरूले पार्टीमा गरेको योगदानको कही कदर भएको पाइदैन,यसले सङ्गठनलाई सुदृढ बनाउदैन यी र यस्ता बिषयहरूलाई पार्टी नेतृत्वले बिश्लेषण नगरि उमेदवार छनौट गरेमा वडा/वडा,गाउँपालिका/नगरपालिका,उपमहानगर पालिका/महानगरपालिका मा बिजयी बनाउन गाह्रो हुन्छ समय छ,समय हुदै यस्ता बिषयहरूमा पार्टी नेतृत्वले बिश्लेषण नगरेमा पार्टीको सङ्गठन कमजोर हुनेहुदा यस बिषयमा चासो बढाउनु पर्ने हुदा यस बिषयमा ध्यान पुगोस भन्न चाहान्छु, l
पछिल्लो समयमा एमसीसी पास भई सकेको छ,एमसीसीको बारेमा काङ्ग्रेस कार्यकर्ताहरू नै अझ पनि खुलेर बहस गर्न चाहानु हुन्न भने कति साथीहरू यस बिषयमा कम जानकार भएको कारण खुलेर बहस गर्न सक्नुहुन्न त्यसैले यी र यस्ता बिषयहरूलाई पनि ध्यान राख्न जरुरी देखिन्छ, बिपक्षीले एमसीसीलाई राष्ट्र हित बिपरित छ,भनि हल्ला चलाएका छन,बिपक्षीलाई साथमा नलिई गरिएको सन्धि सम्झौताले र एमसीसीले राष्ट्रको हित हुदैन भनेर चोक/चोकमा बहस गर्छन बिपक्षीहरू,अमेरिकाले हाम्रो स्वाधिनता र अस्मिता माथि कुनै न कुनै कारणले खेलबाढ गर्छ भनि गरेको अनर्गल प्रचारलाई काङ्ग्रेसका ठूलो संख्या कार्यकर्ताहरूले चिर्न जरुरी हुन्छ यी सबै बिषयहरू र आम कार्यकर्ताहरूको भावनामा ठेस नपुग्ने गरि साथीहरूको बीचमा बहस गराई यी/ यी कारणले यो पटक तपाईलाई दिन सकिएन,पार्टीको हित बिपरित कुनै साथीहरूले काम गर्नुहुने छैन,पार्टीले चयन गरेका उमेदवारहरूलाई बिजयी बनाउन हामी सबैको कर्तव्य हुनेछ ठूलो संख्यामा साथीहरूलाई उमेदवार बनाउन सकिएन उहाँहरूको क्षमता र योग्यताको आधारमा हाम्रोलाई हैन राम्रोलाई उचित स्थानमा नियुक्त गरिनेछ यसो गरिएन भने लोकतन्त्र नै धरापमा पर्छ भनि समन्वयात्मक भुमिकाका लागि हार्दिक अपिल र अनुरोध गर्दछु,
अन्त्यमा बिगतका विभिन्न तहमा निर्वाचन भए कतिले विजयी श्रीको टीका लगाए भने कतिले उपविजयीको जनमतको पगरी लगाए।जित्नेले के कस्तो काम गरे हार्नेले छाया सरकारको भुमिका निभाउन सफल भए भएनन् त्यसको लेखा जोखा पक्कै पार्टीले राखेकै होला।तिनै बाट पुनः उम्मेद्बारी दोहोर् याउनु उपयुक्त होला वा नयाँ अनुहारको खोजी गर्नु उपयुक्त होला यमराजले झैँ पक्कै लेखाजोखा पार्टीले राखेकै होला।पुरानालाई मात्रै सधैं अवसर दिइरहदा नयाँ अनुहारमा नैरास्यता पैदा हुनुको साथै पलाएनको बाटो रोज्न सक्ने खतराबारे पनि पार्टीको उचित ध्यान जानु आवश्यता छ।पुरानाकै सधैं नयाँले झोला कति समय सम्म बोक्ने त्यसको सिमाङ्कन हुनु जरुरी छ।
जयनेपाल
नारायणबहादुर बस्नेत मेची नगरपालिका-८, झापा
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1