– दयानन्द गोस्वामी
उन्नयनमुखी थिए जीवनका यात्राहरू
त्यसैले त बक्र पगडण्डहरु रुबरु भए,थकित मनोदशाले समर्पित गरी रहँदा
स्वाभिमान कतै झुकाएको त होइन ?प्रश्न उठछ यही बारंबार हरेक मोडमा
यद्दपि म अभिमान स्वच्छन्द झुकाउँछु,कर्कश वाणीहरु टिप्पणी गर्नेहरुको
जहिल्यै हृदयङ्गम गरी मनमै लुकाउँछु,संसार भवसागर सिन्धु हो जहाँ अनेक
गहिराईको सतहमा तत्वहरू भेटिन्छन,आखिर युगको प्रभाव त हो नी तथापि
किनरु किनरु नचाहँदै म बहकि रहन्छु !कतै मनोक्रान्तिको एउटा छाया बरण
निरन्तर मनलाई नै आन्दोलित गराउँछ,ऋतुहरु झैँ आफू परीवर्तन भई रहन्छु
बदल्न त समय लाई समयले नै सक्छ,तथापि मानवको आफ्नो एउटा बिचार
जस्ले संसार लाई सहजै बदल्न सक्छ,आशान्वित मनमोहक उत्कण्ठाहरूको
जस्मा मिष्टीमय परागणहरू भेटिन्छन्,अनी सेचन बाट नयांँ संसार श्रृष्टि हुन्छ
आखिर सुन्दर परिकल्पना त्यही त हो,जहाँ विभोरमय संसार दृष्टिगोचर हुन्छ
त्यहाँ पल्लवित हुन्छ नविनतम् संसार,अकर्मण्यताको परतले लेपन गरिएको
संकीर्ण बिचारहरू आँशुहरु ले नै धोए,उन्नयनमुखी थिए जीवनका यात्राहरु
त्यसैले त बक्रपगडण्डहरू रुबरु भए।
कबिता : बक्रपगडण्ड
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1