रेखा न्यौपाने । हल्दिवारी गाउँपालिकाको अध्यक्ष पदको लागि नेकपा एमालेका स्थानीय नेताहरू डम्बरबहादुर गिरि , त्रिलोचन सापकोटा र मोहन चन्द रेग्मी आकाक्षि देखिएका छ्न ।

आगामी बैशाख ३० गते हुन गइ रहेको स्थानीय तह निर्वाचनमा हल्दिवारी एमालेले २०७४ को निर्वाचनमा भएको असन्तुष्टिलाई त्यागेर अधि बडे बहुमत सहित अध्यक्ष ,उपाध्यक्ष बिजय हुने उनिहरुको दावी रहेको छ ।

: २०७९को स्थानीय तह हाक्ने हल्दिवारीका यी युवानेताहरु हुन सक्छ्न ।

गिरि को हुन ?

 

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेद्बार बन्दै आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्र कि शान्ता सेलिङ्ग लाई १५ सय ६६ मत अन्तरले हराउदै बिजयी भएका थिए । उपाध्यक्ष उम्मेद्बार सान्ता सेलिङ्ग्ले २७९९ मत ,काङ्ग्रेस उपाध्यक्षले २७४७ मत र राप्रपा उपाध्यक्षले २७०८ मत प्राप्त गरेका थिए । उनी साविक जलथल गाविसको २ कार्यकाल पार्टी अध्यक्ष साथै नेकपा एमाले क्षेत्र नम्बर ३ पार्टी अध्यक्ष भइ सकेका ससक्त युवा नेतामा चिनिन्छ्न । युवा बीच लोकपि्रय उनी युवा संघ नेपालको पुर्व जिल्ला अध्यक्ष समेत हुन । नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्बर ३ को सचिव समेत रहेका गिरि युवा बिच लोकपि्रय छनभने हल्दिवारीको एमाले भित्रको दरिलो अध्यक्षको दावेदारको रूपमा हेरिएको छ ।

सापकोटा को हुन ?

हल्दिवारीका जुजारु युवा नेताको रूपमा चिनिएका सापकोटाले २०७४ को निर्वाचनमा एमाले बाट उम्मेद्बार बन्दै वडा नम्बर १ को वडा अध्यक्षमा बिजय हासिल गरेका थिए । वडामा निकै लोकपि्रय उनी युवा संघका पुर्व अध्यक्ष समेत हुन भने हाल हल्दिवारी गाउँ कमिटीको अध्यक्ष समेत रहेका छ्न । उनलाई पनि एमाले भित्रको दरिलो उम्मेद्बारका रूपमा हेरिएको छ ।

रेग्मी को हुन ?

साविक हल्दिवारी गाविसको २ कार्यकाल अध्यक्ष समेत निर्वाचित भइ सकेका रेग्मी एमाले पुर्व जिल्ला सदस्य समेत हुन भने हाल प्रदेश कमिटी सदस्य रहेका छ्न । हल्दिवारी एमालेमा उनि अध्यक्षका बलियो दावेदार हुन । हल्दिवारी गाउँपालिका भित्रबाट एमालेका यिनै आकाक्षिहरुको नामावली जिल्ला कमिटीमा जाने बिश्वास एमाले भित्र छलफल भइ रहेको देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार