राजाराम दास, चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप-प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ ।

विश्व हिन्दू परिषद नेपालको स्थापना  विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि  विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप-प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव  मनाउँदै छ  । फ़ाइल फोटो 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार