हल्दिवारी l सरकारले आगामी आर्थिक वर्षबाट लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । तलब वृद्धिको घोषणासँगै निजामतीतर्फ मुख्यसचिवको तलब सबैभन्दा बढी ७७ हजार २११ पुग्ने भएको छ ।

यसअघि मुख्यसचिवको तलब ६७ हजार १४० रहेकोमा साउनबाट १० हजारले वृद्धि भएको छ ।सचिवको तलब ६२ हजार ६८० रहेकोमा साउनबाट ७२ हजार ८२, सहसचिवको ४९ हजार ३८० बाट ५६ हजार ७८७ पुग्नेछ ।खरिदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०१ पुग्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार