४५/४६ साल तिरको कुरो हुनुपर्छ ! आलोक साप्ताहिकको बार्षिक ग्राहक नवीकरणका लागि धुलाबारी पुगियो !
लेटर प्रेस ! एक एक अक्षर जोडेर शब्द अनि शब्द शब्द जोडेर पेज बनाउनु पर्ने ! आइतबार निस्किने पत्रीका – शुक्रबार भएपछि कम्पोजिटरको हात दुख्ने देखि मेसिनमेनको औरत सुत्केरी ब्यथाले ग्रस्त हुने सम्मका बहाना निस्किन्थे ! समयमा पत्रीका निस्किनु र स्यालको सिङ भेटिनु उस्तै थियो !! बाईचान्स निस्किहाले पनि पत्रीका बितरक आयल निगमको मीत निस्किने !! बेला न कुबेला भाउ बढाई हाल्ने !! समयमा पत्रीका पुग्ने कुरै भएन !!
एउटा कपडा ब्यापारी ग्राहकको पसलमा पसियो ! प्रेमपुर्वक आसन ग्रहण गराए ! चियाले स्वागत गरे ! आलोक पत्रीका दुई औंलाले च्यापेर हल्लाउँदै बोले – जमाई बाबू ! यो कागजको दुकानदारी जो गर्दै हुनुहुन्छ ! ढंग से गर्नुस !! टाईममे निकाल्नुस ! टाईममे भेज्नुस !! ईतबारको पेपर बुध्बार पढ्नेमे मजा लाग्दैन !! हाम्रो पत्रीकालाई बिहारिको गम्छा झैँ हल्लाउँदै ” कागजको दुकान ” बनाईदिए कपडा ब्यापारीले !!
अहिलेसम्म कान मात्रै समातेका ब्यापारीले गाला नै चड्काए – हामी तपाईंको बार्षिक रकम तिरेछु अग्रिम ! रिटर्न त समयमे दिनुस ! श्यामबाबुको ( श्यामकृष्ण उपाध्याय / आलोक संस्थापक ) नाम भजाउदै हुनुहुन्छ त तरिका से चल्नुस ! फोकटमे उहाँको नाम किन बदनाम गर्ने ! उहाँ त धेरै राम्रो मान्छी !! ईण्डियन पत्रीका देखाउदै थपे – हेर्नुस ! दिल्लिको सण्डेको पेपर मण्डेको यहाँ मिल्छ !!
बाहिर निस्केपछि दाजु बोल्नु भो – बुझिस केटा ! कपडा पसलेले ठिकै बोल्यो ! कपडा च्यातेर बेच्नेले कताको पत्रकार बुझोस ? कताको पत्रकारिता ? चौथो अङ्ग भनेको कुन चरो हो ? उसलाई के मतलब ? उसले बुझ्ने त कागजकै दुकानदारी त हो नि ! सारै चित्तबुझ्दो कुरो आयो !!!
यो घटना पछि – बत्ती नहुँदा हातले मेसिन ठेलेर ! आफ्नो कम्पोजिटरले जोरि खोज्दा अर्को प्रेसबाट ल्याएर ! अरु काम रोकेर भएपनी समयमा पत्रीका निकाकेर समयमै पाठक समक्ष पुर्याएर ग्राहक सन्तुष्ट गर्न तिर लागियो ! एउटा कपडा ब्यापारीले हामीलाई पत्रकारिताको ब्यबस्थापन सिकाईदियो !!
कोरोनाको दोस्रो लहरका बेला आफन्त लिएर बिर्तामोड को एउटा अस्पताल पुगियो ! केविन पाईएन !! जेनरल वार्डमै बसियो ! ट्वाईलेट पसियो ! चुकुल आफैं बिरामी रैछ खुट्टा मर्काएर बसेको !! बाहिर निस्केर रिसेप्सनमा बसेकी स्टाफ चिमोटे – बाथरुम पस्दा त गित गाउनु पर्नेरैछ नि बैनी ! गाउन नजान्नेको त बिजोक हुने रैछ त ! उनी झन उग्र झापाली निस्किन ! किच्च दाँत देखाउदै बोलिन – साहु भनाउँदाले टेरपुच्छर लाउदैनन ! गाउन नआए सिठ्ठी बजाएर काम चलाउनुस न है अन्कल !! तीन दिनको अस्पताल बसाई सिठ्ठी बजाएरै पार लाईयो ! चुकुल बिरामी नै थियोे ! बसुन्जेल प्राथमिक उपचार समेत भएन !!
अघिल्लो हप्ताको त्यै अस्पताल बसाई चै अलि रमाइलो भो ! जाने बित्तिकै केविन भेटियो !! आह ….. चाउचाउमा घर परे जत्तिकै भैगो नि ! भित्र पसेपछि भित्तामा टिभी देखियो ! अर्को खुशी थपियो – बुढेसकालमा सन्तान प्राप्ति झैँ ! ” आह ! अब टिभी हेरिन्छ ” मनमनै गुन्दै रिमोट थिचियो ! टिभिले टेरेन ! टसमस भएन ! मानौं भन्दैछ – मौका पर्दा साहु त नटेर्ने म ! तँ लिखुरेलाई किन टेर्नु ? यसो हेरेको त टिभिको तार नै गायव !!
बाहिर निस्केर नर्सलाई निवेदन पेश गरें – बैनी ! त्यो भित्ताको ऐनामा केटाकेटी नाच्ने ब्यबस्था गर्न मिल्दैन ? बिचरी कुरो नबुझेर ट्वाल्ल परिन ! मैले प्रष्ट्याएपछी बोलिन – उ त्यो मेडमलाई भन्नुस न है ! उनले देखाएको मेडम छेउ पुगेर पुनः निबेदन तेर्स्याएँ – हाम्रो केविनको भित्तामा टिभी जस्तो भाँडो झुण्ड्याएको रैछ ! तारसार केही छैन ! रिमोट ठोक्दा पनि बोल्दैन ! मलाई त टेरेन ! यसो झारफुक गरौं न ! मेडमले मलाई रेफर गर्दै आदेश फर्माउनु भो – १७ नम्बरमा गएर भन्नुस !
एक नम्बर गियरमा बोल्दै गरेको म तीन नम्बरमा पुगें – किन जाने सत्र नम्बर ? नर्सले तपाईं लाई भेट्न भनिन ! यति सम्म ठिकै होला ! म आएँ ! अब सत्र जा भन्नुहुन्छ !! सत्र गए अठारको आदेश होला ! अठारले बीस देखाउला !! बिसले बाईस तिर औला तेर्स्याउला ! बाईसले साहु देखाउला !! लौ ठिक छ – साहु पनि भेटौला ! साहुले बितिसकेका बाउ देखाउलान ! जसोतसो बाउ भेट्न माथिनै पुगौला ! बाउले सगै बरको रुख मुनि बसेर बाघचाल खेल्दै गरेका बिपि देखाउलान ! बिपिले समाजवादको व्याख्या पढाएर मेलमिलापको नीति सम्झाउदै मलाई तलै पठाईदेलान ! यसरी स्वर्ग नर्क म्याराथन दौड सकिदा पनि टिभी त चलेन नि ! हैन त मेडम ? टिभी चल्नुपरो ! मैले जानेको यति हो !!! म यहाँ स्वर्ग नर्क म्याराथनमा भाग लिन आएको हैन !!
मेडम ट्वाल्ल पर्नु भो ! सुस्तरी बोल्नु भो – यति मज्जाले अहिलेसम्म कसैले हप्काको थिएन सर ! म कोशिश गर्छु है त !
मैले हप्काको हैन मेडम ! एक रात सुतेको ३५०० लिनु हुन्छ तपाईं हरु ! औषधि उपचार अलग ! टिभी छ चल्दैन ! ट्वाईलेट छ चुकुल छैन ! गित गाएर काम तमाम गर्नुपर्छ ! फेनको रेगुलेटर घुमाउन पेन्चिस नै चाहिन्छ ! पैसा लिएपछि त्यस अनुसारको सुबिधा त दिनुपर्यो नि ! हैन र ?
हुन त हो सर ! जति कराए पनी मेनेजमेन्टले सुन्दैन ! के गर्नु र ?
मलाई अरु कुरा थाहा छैन ! गलत कुराको बिरोध गर्नुपर्छ भनेर तपाईंकै साहुले सिकाएको हो मलाई ! नारा जूलूस गर्छु ! धर्ना कस्छु !! पत्रकार पनि हो म त ! लेख्छु पनि ! मेरो धर्ना कसाई र लेखाईले साहुको रौ समेत हल्लिदैन भन्ने जान्दाजान्दै पनि मेरो खोक्रे फुर्ति रोकिएन – कि ड्युटी पूरा गर्नुस ! कि कुर्सी छोड्नुस !! मलाई चल्ने टिभी चाहियो ! अरु कुरा जान्दिन !!
मेडमले फोन लाउनु भो ! केही बेरमा एउटा भाई आयो ! टिभिको चेकजाँच पछि रिपोर्ट दियो – सर ! हेर्नुस न !! हिजो कसैले तार चोरेर लगेछ ! रात पर्यो अहिले ! बिहान हाल्दिन्छु ! नरिसाउनुस ल !!!
हिजो हैन ! एक महिना देखि यो आईसियु मा छ ! गफ दिने ? भयो जाउ !! बिहान आउनु !!! अँध्यारो मुहार प्रती दया जाग्यो !! बिहान आउँछु भनेर हिंडेको केटो तार खोज्न चाईना नै पुग्यो कि क्या हो ? भोलिपल्ट साँझ डिस्चार्ज हुनेबेला सम्म आईपुगेको थिएन !! टिभी आफ्नै बेडमा डाक्टर कुरेर बसेको थियोे !!
डिस्चार्जको बेला भो ! प्यासेज माथि झुण्डिएको घडीमा नजर पुग्यो ! एकातिर ८.४५ देखिन्थ्यो भने अर्कोतिर २.१० ! अघिल्लो पटक अस्पताल आउँदा पनि त्यस्तै थियोे ! जे होस समयको पक्का रैछ अस्पताल !!
फार्मेसी पुगियो ! हिसाबकिताब भो ! बिल पढ्न खोज्दा कसैगरी पनि बुझिएन ! यति मधुरो कि बिल माथि नै चढेर पढ्दा पनि फेल !! भाई ! कति मधुरो प्रीन्ट ? केही बुझिन्न ! झन कतै बुझाउन फोटोकपी गर्नुपरो भने के हालत होला ? फार्मेसी स्टाफ झन ठुला डाक्टर निस्के – तपाईंले अन्धकारमा हेर्नू भएर नबुझेको होला ! बुझिन्छ !! मेरो स्वरको भोल्युम अलि बढ्यो – अन्धकारमा हैन भाई ! मैले उज्यालै कारमा हेर्दा समेत बुझिएन ! मैले तिम्रो बिल बमोजिमको पैसा तिरेकोछु ! मलाई प्रष्ट बिल देउ ! यो ईकोनोमिमा प्रीन्ट निकालेर टोनर बचाउने नाटक मात्र हो ! बिस्तारै बोले – साहुले यसैगरी गर्नु भनेका छ्न ! सरि दाई ! नरिसाउनुस प्लिज ! यहाँ पनि साहु राहु निस्के !!!
म नाथे रिसाएर के नापिन्थ्यो र ? खुरुक्क बिल बमोजिमको रकम तिर्ने म जस्ता उल्लु बिरामीको कमि भए पो !! बिल तिरेर बाटो लागियो !!!
मैले आलोक का लागि धुलाबारीको कपडा पसलेको वचन सम्झेँ ! सगसगै अस्पतालको अस्तब्यस्त र मिचाहा ताल देखें अनि भोगें !!! सुबिधा बिहीन लुट महसुस गरें !!
भन्नैपर्ने बाध्यता आईपर्यो – दाई ! पिता पुर्खाको नाममा सिटामोलको दुकानदारी जो गर्दै हुनुहुन्छ ! तरिकाले गर्नुस ! तपाईंले तेर्स्याएको बिलमा हामिले निरिहतापुर्वक तिरेको रकम बराबरको न्युनतम सुबिधा दिनुस ! बिथ्थामा पिता पुर्खाको नाम किन बदनाम गर्नुहुन्छ ! उहाँ त धेरै राम्रो मान्छे !!!
कि कसो ???
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1