झापा, ३१ जेठ । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाई सुरु भएको छ । रोपाइसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ ।

साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्राईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नम्बर १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो मात्रामा विर्तामोड कार्यालयलाई मल पठाउने पत्रचार गरेको जानकारी दिए ।

 

“मल आउने पत्र चाहिँ आयो”, उनले भने “मल चाहिँ आएको छैन, यही हप्ताभित्रमा आउँदैछ ।” उनले झापाका लागि ८५० मेट्रिक टन, इलामलाई १०० मेट्रिक टन, पाँचथरमा ७० मेट्रिक टन र ताप्लेजुङका लागि ३० मेट्रिक टन आउने जानकारी दिए ।

प्रमुख भट्टराईले कार्यालयमा आएको मललाई कुन पालिकामा कति र कसरी पठाउने भन्ने बारे कृषि ज्ञान केन्द्रसँगको परामर्शमा वितरण गरिने बताए । १५ वटा पालिका रहेको झापामा भने एउटा पालिका बराबर एक हजार १३० बोरा मल मात्र भागमा पर्ने उनको भनाई छ ।

झापामा कृषियोग्य जमिनमध्ये ८८ हजार ५०० हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले हाल जिल्लामा नौ हजार मेट्रिक टन डिएपी मल आवश्यक रहेको बताए । उनले भने “रोपाई सुरु भइसक्यो, यही बेला किसानलाई डिएपी मल चाहिएको छ । झापाका लागि तोकिएको मात्राले त एउटा पालिकालाई पनि पुग्दैन ।”

loktantrapost.com बाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार