हल्दिवारी , ११ असार । नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलका पुर्व सभापति बिस्णु प्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दा करिब १७ लाख रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
आफु सभापति भएको बेलामा एम्बुलेन्स मर्मत गर्न र सदस्यहरुको लागि व्याज तयार गर्न भन्दै चेकमा
कोषाध्यक्ष सुरेन्द्र बारकोटीलाई सहि गर्न लगाएर उक्त रकम २०७५ चेत्र र २०७६ बैशाखमा निकालेको बैंक इस्टेट्मेन्टले देखाएको छ ।
उपशाखा सभापति रेम प्रसाद खरेलका अनुसार एक्सेल बैंकबाट १३ लाख ५६ हजार निकालेको देखिन्छ भने सिटिजन बैकबाट ३ लाख ८७ हजार रुपैयाँ निकालेको देखिन्छ।
आफुले उक्त रकम चलाएको र एकहप्ता भित्र तिर्ने भन्दै कोषाध्यक्ष बारकोटीलाई फनमा कुरा गरेको अडियो रेकर्डले पुस्ट्याई गरेको छ ।
२०७८ चैत मा निर्वाचित उपशाखाको टिमले ३५ दिन भित्र हिसाबकिताब बुझाउन पुर्व सभापति उप्रेतीलाई पत्राचार गरेको र उनले समेत ३५ दिन भित्र हिसाबकिताब बुझाउने भनि सहि समेत गरेको अवस्थामा आज ४ महिना सम्म समेत हिसाबकिताब नबुझाएर रेडक्रस जस्तो सस्थालाई बन्दी बनाएको खरेलको आरोप छ ।
राजनैतिक दलहरूको छलफल पछि नयाँ खाता संचालन गर्ने क्रममा उक्त रकम उप्रेतीले हिनामिना गरेको देखिएको ले ३ दिन भित्र सावाँ व्याज सहित रकक बुझाउन आज बसेको बैठकले पत्राचार गरीएको सभापति खरेलले बताए ।उनका अनुसार ३ दिन भित्रमा सस्थामा हाजिर भइ रकम नबुझाएमा कानुनी कारवाहिको लागि संबंधित निकायमा पत्राचार गर्ने निर्णय भएको जानकारी समेत गराएका छ्न ।
सभापति खरेलका अनुसार पहिलेका समितिका पदाधिकारीहरु पनि यस आर्थिक हिनामिनामा सम्लग्न रहेनरहेको भने पुर्व सभापति उप्रेतीले रेडक्रस लाई हिसाबकिताब बुझाए पछि मात्र प्रष्ट हुने बताएका छ्न ।
नोट : तत्कालको अबस्थामा खाता संचालन सभापति र कोषाध्यक्षले मात्र गर्ने गरेकोले सचिवको यसमा जवाफ देहिता नदेखिए पनि कार्य समितको सचिवको नाताले उनि लगायत सबै समितिका सदस्यहरु संकाको घेरामा देखिएका छन् l
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1