कोहिनुर अर्थात महगो खालको हिरा यो बिरालै पाइन्छ।यस्तो हीरा बेलायती महारानीले आफ्नो राजमुकुटको शिरमा लगाएको कुरा हामीले सुनेका छौ किताबमा पढेका पनि छौ।जुन चिजको बढी महत्त्व हुन्छ यसको मतलब हामीले बुझ्नुपर्छ यो मूल्यवान छ।एउटा भनाइ छ नि हिरामा किरा लाग्दैन जति लामो समय सम्म राखे पनि । हिरा यस्तो बस्तु हो कुनै पत्थरले हानेर टुक्र्याउदा पनि आफ्नो रुप स्वभाव गुणमा परिवर्तन आउदैन।बरु पत्थर टुक्रिएर माटोमा मिल्छ आफू माटोमै बिलय हुन्छ तर हिरा टुक्राटुक्रा भएर सानो सानो टुक्राटुक्रामा परिणत होस् तर आफ्नो गुण स्वभाव  छोड्दैन उसको चमक हराउँदैन।
    हाम्रो यस्तो समाज छ जुन समाजले पथ्थरलाई हिरा नै हो भनेर किटान गर्दछ! झन् दल्छिन ढुङ्गो सेतोलाई त हिरा नै हो भनेर किटान गर्छन् तर हिरालाई पत्थर हो भनेर किटानी गर्छन्! हामी पनि हो मा हो स्वर मिलाएर समर्थन गर्दछौं।यस्तै छ आज  हाम्रो नेपालको राजनीति अवस्था ठ्याक्कै भन्नु पर्दा आफ्नो निजि स्वार्थका लागि राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो बनाउछौ आफ्नो स्वार्थका लागि! संसारमा अरुलाई परिवर्तन गर्छु भन्नेहरु आफू समय अनुकूल आफूलाई परिवर्तन गर्न सक्दैनन्।  तिनीहरु बाट झन् परिवर्तन होला भन्ने कुरा कसरी सोच्ने पत्याउने। राम्रो विचार दृस्ठिकोण हुनेहरु एक्लो बृहस्पति झुठो भने झैँ साबित गराइन्छन्।त्यस्ता मुलुक परिवर्तन गर्ने सक्ने वास्तविक सपनाहरू देख्ने नेताहरुले पटकपटक चुनाव हारेको इतिहास बनाउने हाम्रो समाजमै छौँ।यसबाट हामीले हाम्रो भाग्य मात्रै मेट्ने काम गरेका छैनौं सन्ततिको भविष्य र भाग्य पनि मेटाइ रहेका हुन्छौं। जानेर नजानेर वा कसैको लहैलहैमा एकछिनको बहकाउमा लागेर गरिरहेका हुन्छौं।
  वि पि कोइरालाले स्पष्ट नेपाली माटो हावापानी अनुकुल समाजवाद दिनु भो जुन कुरा आज पनि छ र भोलि पनि हुने नै छ। पुष्पलाल श्रेष्ठले पनि कम्निष्ट विचार धारा दिनु भो मदन भण्डारीले बहुदलीय जनवाद दिनु भो यी सबै कुरा तपाई हामी माझ  छिपेका छैनन् ।
  झापा जिल्ला यस्तो जिल्ला हो जस्ले मुलुकको राजनैतिक परिवर्तनमा ठूलै भुमिका खेलेको छ अग्रणी भुमिका निभाएको छ पार्टी नेतृत्व सन्चालनमा।नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओली भनौं यात राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्ग्देन भनौं झापाको नै हुनुहुन्छ।उहाँहरुले फरक फरक पार्टी हाकी रहनु भएको छ।अर्का नेता पूर्व गृहमन्त्री तथा नेकाका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला जस्ले माओवादीलाई जङ्गल बाट हतियार बिसाएर सान्तिमा ल्याउन महत्वपूर्ण भुमिका खेल्नु भो सान्ति प्रक्रियालाई सार्थक बनाउन महत्वपूर्ण योगदान पुर्‍उनु भो साथै संविधान सभा बाट लोकतान्त्रिक संविधान बनाएर सदनबाट पास गराउन महत्त्वपूर्ण भुमिका खेल्नु भो यी कुरा इतिहासमा सुनौलो अक्षरले लेखीएका छन्।
  वर्तमान अवस्थामा नवीन विचार नवीनतम सोच बोकेका एक होनहार यूवा फेरि नेपाल आमाले जन्माइ सकेकी छिन जस्ले सिङ्गो नेपाल हाक्ने क्षमता राख्दछन्। झापाली जनताले त्यस्तो कोहिनुर हिरा चिन्न नसकेर पटकपटक पराजय भोगाइ सकेको छ।जुन हार उनको मात्रै नभएर झापा लगायत सिङ्गो नेपाल र नेपाली जनताको हार हो भन्ने कुरा राजनीतिका पण्डितहरुले भनि रहेकाछन् जुन कुरा तपाई हाम्रो सामु लुकेको छिपेको छैन।
   विद्यार्थी राजनीति हुँदै पार्टीको केन्द्रीय सदस्य प्रबक्ता हुँदै हाल नेपाली काङ्ग्रेस जस्तो लामो राजनीति इतिहास बोकेको पार्टीको वर्तमान महामन्त्री छन्। नाच्न जान्नेको हिडाइ बाट र गाउन जान्नेको स्वर बाट थाहा हुन्छ भने झैँ उनले यी कुरा सफलता पुर्वक प्रमाणित गरेर तपाई हाम्रा सामु देखाइ सकेकाछन्।उनी अब चुनाव लड्दा तेस्रोपटक हुनेछ दुई पटक उपविजेता भैसकेकाछन्। अब पनि यस्तो हीरा झापाली मतदाताले चिन्न नसक्नु भनेको सतिको सराप परेको देश भन्दा दुई मत हुँदैन। उनले अब पनि उपविजेता हुनु भनेको इतिहासमा कालो धब्बा लाग्नु बराबर नै हो भन्ने विश्लेषण राजनीतिका पण्डितहरु गर्छन् । त्यसैले यो पटकपटक उनको जितलाई सुनिश्चित गर्नु पर्छ झापाली मतदाताहरुले विशेष गरेर अझ झापा क्षेत्र नम्बर एकका मतदाताहरुले।स्पस्ट दृस्ठिकोण सरल स्वभाव झट्ट सबैको मन मुटुमा बस्न सफल छन् उनी भन्न त सबैले साह्रै राम्रा नेता भन्छन् तर चुनाव ताका आ-आफ्ना वादमा बिभाजित हुन्छन् मतदाताहरु लाग्छ अब त झापाली मतदाताले पक्कै भुल गर्ने छैनन्।
    उनलाई झापा बाहेकका विभिन्न  जिल्लाका मतदाताहरुले पनि त्यत्तिकै रुचाएकाछन्।उमेदवार बनाएर जिताउन आतुर छन् ।यदी त्यस्तो भयो भने हामी झापाली मतदाताको मरेको जुनि जस्तैः हुनेछ भन्दा दुई मत नहोला भन्छन् राजनीतिका पण्डितहरु।त्यसो हुँदा बाहुन्डागीमा हात्ती आतंक बाट बचाइदेउ खोला नदी नियन्त्रण गरिदेउ बाटो पुल विद्यालय नहर आदि बनाइदेउ हाम्रो भन्ने हैसियत हामी झापाली जनता राख्न सक्छौ ? यहाँ नेर ठूलै प्रश्न चिन्न खडा हुन्छ तपाई हाम्रा सामु।उनी पक्कै उनलाई विजयी बनाउने क्षेत्रको विकास निर्माणमा बढी उत्तरदायी हुनेछन् र हुनु पनि पर्छ किनकि उनलाई विजयी त्यहीका जनताले गरेका हुन् ।अब आफू जन्मेको ठाउँको एक मुठ्ठी माटो उठाएर हातमा राखेर उनलाई जन्मदिने आमा सावित्री  शर्मा पिता परशुराम शर्मा भण्डारीको साथै उनलाई दूध खुवाएर हुर्काउने ती नेवार आमाको सपनाहरुका साथै तमाम आमा बुबाहरुको आशीर्वाद लिएर विश्व प्रकाश शर्मा राजनीति यात्रामा अगाडि बढ्नु पर्छ।
   त्यसैले अब विगतका सबै तिता कुरा भुलेर उनलाई झापा क्षेत्र नम्बर एक बाट नै उमेदवार बनाएर जिताउ समय बाँकी छ तपाई हाम्रो पालो फेरि नि आउन सक्छ। उमेदवार बनाउने जिताउने जिम्मेवारी बढी ने का झापा क्षेत्र नम्बर एकका कार्यकर्ताहरु नेता नेतृत्वको साथै सबै मतदाताहरुको रहनेछ। अब कृष्ण प्रसाद सिटौला र विश्व प्रकाश शर्मा दुबैले  मुलुक परिवर्तन समुन्नत बनाउनको लागि काधमा काध हातेमालो गरेर अगाडि बढेरचुनाव  जित्न जरुरी छ।झापाले विश्व प्रकाश शर्मा जस्तो कोहिनुर हीरालाई चिन्न सकोस् भन्ने सारा नेपाली जनताको इच्छा चाहना छ। चुनाव र पार्टी गत हिसाबले उनको प्रतिद्वन्दी हुन सक्लान् तर विचारका दृस्ठिकोणले उनको कोही प्रतिद्वन्दी हुने छैनन् भनेर राजनीति क्षेत्रका पण्डितहरुको भनाइ छ।अबको काङ्ग्रेस पार्टी सरकार हाक्ने भनेको विश्व प्रकाश गगन जस्ता तमाम युवाहरुले नै हो।समुन्नत नेपाल र सुखी नेपालीको सपना लिएर हामी सबै मिलेर अगाडि बढौ।
लेखक :  राज कुमार कार्की
मे न पा-१५ , झापा ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार