मानव संस्कृतिको बिकास संगसंगै जीवनचक्र शुरूवात हुन्छ,मानिसको जन्म यस धर्तीमा भएपछि चौरासी लाख जुनि पार गरे पछि मात्र पुनः मानव भएर जन्म लिईन्छ भन्ने कुरा हाम्रो धर्म संस्कृतिको वकालत गर्ने पण्डित जी हरूले यदाकदा भन्ने गरेको सुन्न पाइन्छ,भगवानले जन्म दिदा कसै लाइ बढि दिमाग र कसैलाई घटि दिमाग दिएर जन्म दिएको हुदैन।सबैलाई एकनास दिएको हुन्छ तर सबैको दिमाग एकनास किन पाउदैनौ यो गम्भीर बिषय बनेको छ र यही बिषयलाई चिरफार गर्नु आजको आवाश्यक्ता ठान्छु।
हामी समाजमा कोही धनि कोही गरिब कोही बुद्धिजीवी कोही घमन्डी त कोही शिक्षित त कोही अनपढ देखेकाछौ। यो किन हुन्छ यसैको चिरफार गर्ने जमर्को गरेको छु। कुनै वंशमा, वंश लाइ बचाई राख्नका लागि एक अलौकिक प्रतिभा भएका व्यक्तिको जन्म अवश्य हुने रहेछ, हामीले गाउँघर समाजमा देख्दै आएका छौ,
जब मानिसको जन्म हुन्छ, अघिल्लो जुनीमा आफुले गरेको कर्मको आधारमा जन्म लिदो रहेछ, शास्त्रको भाषामा चौरासी लाख जुनि पछिमात्र पुन:मानिसमा जन्म हुन्छ भन्ने कुनै आधार देखिँदैन र भेटिँदैन।अघिल्लो जन्ममा आफुले राम्रो कर्म गरियो भने साथै उमेर पुगेर मृत्यु भयो भने तेह्रौ दिनमा कस्तो कूल घरानामा कस्तो कर्म लिएर जन्म लिनुपर्ने हो त्यस घरमा बिजन अङ्कुरण भएर बसेको हुन्छ, त्यही सिद्धान्तको आधारमा स्वर्गीय पदमप्रसाद शर्मा भण्डारी एवम ललिता शर्मा भण्डारीको बिजन र ब्याड बाट तेह्र दाजुभाइ र दुई दिदीबहिनीको जन्म भएको थियो,उहाँले अघिल्लोजन्ममा गरेको कर्मको आधार अनुसार परशुराम शर्मा भण्डारी,याम भण्डारी,रूद्र भण्डारी र चन्द्र भण्डारी जस्ता समाजलाई परिवर्तन गर्न सक्ने सुयोग्य छोराहरूको जन्म भएको हामीले देखेका छौ,उहाँहरू सबैले आ-आफ्नो क्षमता अनुसार २००७ सालको आन्दोलन, ०३६ सालको बहुदलीय ब्यबस्था र निर्दलिय ब्यबस्था बिचको आन्दोलन, २०४२ सालको सत्याग्रह,२०४६ सालको जन आन्दोलन, ०६२ /०६३ को आन्दोलनको नेतृत्व गाउमा बसेर सफल बनाएको देखेका छौ,तीस बर्षे पञ्चायती ब्यबस्थालाई फाल्नका लागि गरेको योगदान अतुलनीय रहेको छ उहाँहरूको जन्म पनि अघिल्लो जन्ममा गरेको कर्म राम्रो रहेकोले सोही आधारमा जन्म लिनुभएको पुष्टि भएको पाइन्छ।
परशुराम शर्मा भण्डारी र साबित्रा शर्माको बीचमा बिबाह भयो ,उहाँहरू पेसाले शिक्षक शिक्षिका हुनुहुन्थ्यो, पञ्चायती ब्यबस्थाको बिरोध गरेकै कारण पाएक नपर्ने ठाउँमा सरुवा गराएर प्रताडित बनाएको कुरा अहिले जस्तो लागेको छ हामीलाई। उहाँहरूले समाजलाई अघि बढाउने क्रममा बिभिन्न दुख कष्ट झेल्नु भएको बिर्सेका छैनौ। यति सम्भ्रान्त परिवारमा जन्म लिएर पनि परशुराम शर्मा भण्डारी,याम भण्डारी र चन्द्र भण्डारीले पञ्चायती ब्यबस्था फाल्ने आन्दोलनमा धेरै यातना भोग्नु भएको कसैको सामु लुकेको छैन,
बिश्वप्रकाश शर्मा व्यक्ति एक ,प्रतिभा अनेक लिएर उनै समाजका अगुवा शिक्षाको ज्योति छर्न सफल व्यक्तित्वका धनि पिता परशुराम शर्मा एवम माता साबित्रा शर्माको कोखबाट जन्म लिनु भयो,अघिल्लो जन्ममा राम्रो कर्मका आधारमा सुध्रिएको वंशमा जन्म लिनु अनौठो कुरा थिएन,हामीले बोटबिरुवा बाट पनि केही सिक्न सक्छौ फलेको हाँगा नुहिन्छ भने झै असल मानिस सबै संग झुक्न सक्दो रहेछ भन्ने पुष्टि उनै बिश्वप्रकाशले समाजमा देखाई सकेका छन, कोदो रोपेर धान खोज्न पाईदैन,मोटा धान रोपेर बासमती खोज्न पनि हुदैन, कागतिको बोटमा एक बोरा चिनी हाल्यो भने पनि त्याहा बाट फल्ने फल गुलियो हुदैन यी कुराहरू बुझ्न जरुरी देखिन्छ। उनै बिश्वप्रकाश धुलाबारी मा बि मा स्व बि यु अध्यक्ष, हुदै नेविसङ्घ केन्द्रीय अध्यक्ष बनि आफ्नो कार्यकाल पुरागरि , पुराभएको दिन नै राजिनामा दिएका थिए राजनीति भनेकै नीतिहरू मध्येको उच्च नीति भएको कारण राजनीति भनिएको हो, राजनीति गर्ने नेतामा अलौकिक र बिलक्षणयुक्त प्रतिभा हुन जरुरी हुन्छ,स्वर्गीय बिपी कोइरालामा पनि अलौकिक प्रतिभा भएकै कारण सानो उमेरमा नै राणा बिरोधि आन्दोलन सफल बनाई प्रजातन्त्र ल्याउन सफल भएको इतिहासले पुष्टि गरेको छ, यौन मनोविज्ञानमा आधारित साहित्य लेखनका धनि समाजवादका ब्याख्याकार भए जस्तै,सानो बिपी भनेर चिनिने बिश्वप्रकाश शर्मा संग पनि #व्यक्ति
एक प्रतिभा अनेक# छ, राजनीतिमा सालिनता छ सङ्गीत क्षेत्रमा उत्तिकै दखल राख्न सफल छन शब्द रचना त्यति नै उत्कृष्ट छ, बक्तित्व कला हेर्ने हो भने सबैलाई मोहित बनाउँछन साहित्यका साथै एक्काईसौ सताब्दिमा नेपालको समाजवादका ब्याख्याकारका रूपमा पनि परिचित हुनुहुन्छ,
बाह्रौं महाधिवेशनबाट राजनीतिमा प्रत्यक्ष सहभागिता जनाउदै झापा जिल्ला सभापतिमा उठेका बिश्वप्रकाश निर्वाचन परिणाम अनुसार उपबिजेतामा चित्त बुझाएका थिए, राजनीतिमा इमानदारिता छैन भने सफल भईदैन
भन्ने नीति अख्तियार गरि त्यो बर्ष कही कतै पनि उमेदवार दिएनन तेह्रौ महाधिवेशनमा केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका थिए, निर्वाचन परिणाम अनुसार चौधौं स्थानमा बिजयी बनेका बिश्वप्रकाश लाई सभापति देउवाले केन्द्रीय प्रवक्ता,प्रचार प्रसार बिभाग प्रमुखको जिम्मेवारी दिएका थिए आफुलाई दिएको जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गरेका थिए,चौधौं महाधिवेशन हुन केही समय बाँकी थियो २०७८ साल भाद्र २४ गते बिपि स्मृति दिवसको अवसरलाई नै प्रमुख ठानि सुन्दरीजल जेल गई बिपि ले रोपेको कपुरको बोटलाई जल सिञ्चित गरि माटोलाई ढोगि केन्द्रीय महामन्त्रीमा उठ्ने निधो गरेका थिए, साथै सम्बिधान दिवसको अवसर पारेर २०७८ असोज ३ गतेको दिनलाई उचित ठानी #हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन# भन्ने मुल नारा सहित चौबिस बुँदे अवधारणापत्र झापा बिर्तामोडको अग्रसेन भवनमा बिशाल कार्यकर्ताहरूको उपस्थितिमा सार्वजनिक गर्दै उमेद्वारी घोषणा गरेका बिश्वप्रकाश शर्मालाई चारै तिर बाट घेराबन्दी नगरिएको होईन तर पनि कुनै नेताले रोक्न र छेक्न सकेनन उनी कुनै गुटमा अटाउन सफल नभए पनि उमेद्वारी दिए पछि प्रकाशमान सिंहले आफ्नो गुटमा ठाउँ दिए पनि बिजयी बन्ने आधार नै थिएन, उनले पाएको मतलाई हेर्ने हो भने बिजयी बन्ने कुनै आधार नै देखिँदैन थियो तर आफूलाई केन्द्रले दिएको जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्न सफल भएको नै कारण १९८४ मत सहित बिजयी बन्न सफल हुनु भयो।
उनै बिलक्षण प्रतिभाका धनि बिश्वप्रकाश शर्मालाई आउदो दश बर्ष भित्रमा यो देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीमा नियुक्त भई काम गरेको देख्ने अभिलाषा छ,देहि गुनाको फल फर्सि मीठो भने झै मलाई चाहि बिश्वप्रकाश साह्रै मन पर्ने भित्रमा परेकोले मनभित्र नै राखेको छु। त्यसैले मेरो सबै संग आग्रह, छ,कर्म राम्रो गरियो भने मात्र आउदा दिन र आउदो पुनरजन्म पनि उत्कृष्ट भएर आउने रहेछ,सत्तामा बसेर सामान्य नागरिकले खुन पसिना तरर झारेर तिरेको करलाई दुरुपयोग गरि भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनेको पुनरजन्म पनि नराम्रो नै हुन्छ, हामीले प्रतीक्षा गरेर बस्यौ भने अवश्य देख्न पाउने नै छौ हामीलाई छिट्टै देखियोस भन्ने चाहाना हो तर हेर्न ढिलाभएको महसुस मात्र हो।
भाई केन्द्रीय महामन्त्रीको राजनैतिक यात्रा सागर बगे झै निरन्तर बगे जस्तै अघि बढाउन सफल बन्दै आउदो पन्ध्रौं महाधिवेशनमा केन्द्रीय सभापति त्यसपछि हुने संघिय निर्वाचनमा निर्वाचित भई प्रधानमन्त्रीको कुर्सी सम्मको यात्रा सफल बनोस यही छ हाम्रो कामना,दिनदुखीहरूका लागि र देश निर्माणका लागि बोल्ट निर्णय गर्न कही कसैसँग नझुक्न आग्रह गर्दछु , हाम्रो कामना पुरा गर्ने जिम्मेवारीलाई हामीले पनि सक्दो सहयोग गर्ने नै छौ भने भाईको तर्फबाट पनि आफुले गर्ने जिम्मेवारीलाई कुशलतापुर्वक सम्पन्न गर्दै जानुहोस, मेरा लेखाई र भनाइमा सरस्वतीले बास गरून बिश्वप्रकाश भाईलाई हार्दिक शुभकामना छ।
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ झापा
व्यक्ति एक, प्रतिभा अनेक : नारायणबहादुर बस्नेत
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1