– रामचन्द्र उप्रेती 
नेपालको चियालाई भारतको बजारमा ४० प्रतिशत माथि कर लगाउने कुरा भारतको लोक सभा र राज्य सभामा उठेको छ।
नेपालको चिया गुणस्तरहीन र कम मूल्यको कारण भारत र विश्व बजारमा नेपालमा उत्पादित चियाले असर गरेको लगायत थुप्रै कुराहरू सहित ३० सांसदहरूले राज्य सभाको अध्यक्ष र लोक सभाको अध्यक्षलाई प्रतिवेदन पेश गरेका छन्।
यो लागू हुन वित्तीकै नेपाली चियालाई भारतीय बजारमा ठूलो चुनौंति हुनेछ। यो ईलाम जिल्लाको चियालाई मात्रै हैन झापामा उत्पादन हुने २ करोड २० लाख केजी चियाको बजारको निम्ति पनि ठूलो चुनौती हुनेछ भने झण्डै ६० हजार चिया किसानहरू धरासायी हुनेछ।त्यसैले हामी सूर्योदय नगरपालिकाको चिया उद्योगी साथीहरू, सूर्योदयको चिया सघं , झापाको चिया उद्योगी साथीहरू काठमाडौं यस बारेमा जानकारी गराउन आएका छौं।
सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा, माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनाल, माननीय अर्थ मन्त्री जनार्दन शर्मालाई यस बारेमा जानकारी गराउने काम भयो। यस गम्भीर विषय प्रति सबैको चासो रहेको र प्राथमिकता रहेको छ। साथै प्रतिनिधिहरूको उद्योग बाणिज्य र कृषि मन्त्री र सचिवज्यूहरूसित छलफल चलेको छ। चियाको तात्कालिन समस्या समाधानको निम्ति र दीर्धकालिन समस्या समाधानको निम्ति कसरी जाने भन्ने बारेमा पनि छलफल हुन जरूरी छ। चीन निर्यात गर्न पनि केहि समस्याहरू रहेका छन्। माननीय पूर्व प्रधानमन्त्री झलनाथ खनालले सदनमा चियाको बारेमा समस्याको उठान गर्नुभो।परराष्ट्र मन्त्रालयले चीन राजदूताबासबाट पनि नोट भएपछि चिया सम्वन्धी विषयमा चीन सरकारमा विचाराधीन रहेको कुरा नेपालको लागि चीनको राजदूताबासबाट जानकारी प्राप्त भएको छ।
यो चुनौति र अवसर दुवै हो। हामीले अब गल्ती नगरौं ।गुणस्तरीय चिया उत्पादन गरौं। दिगो चियाको समस्या समाधान गरौं।योजना बनाएर अर्गानिक चिया उत्पादनमा अघि बढौं।४० प्रतिशत पनि मुना नभएका चिया टिपानलाई निरूत्साही गर्दै जाऔॅ।दिगो चिया समाधानको निम्ति अब ढिलो नगरौं। गुणस्तरीय चिया उत्पादनको निम्ति टोल-टोल मिलेर चिया टिपाईको विश्व मापदण्ड कार्यान्वयनमा लागौं। असल उत्पादन अभ्यासलाई प्राथमिकतामा राखौं। धैर्य गर्ने बानीलाई मूल मन्त्र बनाऔं।खराब अभ्यासलाई खुलेर विरोध गर्ने बानी बसालौं।सन्तुलित बिषादी-बिषादीमुक्त-अर्गानिक उत्पादनको निम्ति घरघरबाट अभियान चलाऔं। अनि किन हुदैंन विश्व बजारमा नेपाली चियाको माग।
( निकै महत्वपूर्ण – मान्छेले पिउने पेय पर्दाथ। धोएर र सफा गरेर खाने पर्दाथ पनि हैन। यस्तो चीजलाई कुनै पनि सरसफाईको वास्तै नगरी, स्वास्थ्य सम्वन्धी विना सावधानी , बुटले खादेर उद्योगमा पुर्याउछ भने हामीले कस्ता बस्तुहरू मानवको निम्ति तयार गर्दै छौं त।”)
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार