झापा क्षेत्र नम्वर:-१ बिगत २०४८ सालको संसदीय निर्वाचन देखि नै उपेक्षित क्षेत्र बनेको छ,झापा क्षेत्र नम्बर :-१ , क्षेत्र समायोजन हुदा २०४८ सालको निर्वाचनमा चन्द्रगढी, दुवागढी ज्यामिरगढि, धाइजन, धुलावारी,बाहुण्डागी र काकरभिट्टा गा बि स तत्कालिन ३ नम्बर क्षेत्रमा परेका थिए, र २०४८ साल बैशाख २९ गते देशैभर निर्वाचन भयो, नेकपा एमालेका राधाकृष्ण मैनाली बिजयी बने,हाल उनि त्यो पार्टीमा आस्था र बिचार राख्दैनन,२०५१ को मध्यावधि निर्वाचनमा पनि यिनै गा बि स हरू नै तत्कालिन क्षेत्र नम्बर:-३ थियो र २०५१ साल कार्तिक:-२९ गते देशैभर एकै चरणमा निर्वाचन भयो नेकपा एमाले बाट देबि ओझा बिजयी बने तर उनिपनि त्यो पार्टीको बिचार छाडि सके, २०५६ को आम निर्वाचनमा काकरभिट्टा र धुलाबारी गा बि स मिलि मेचिनगर नगरपालिका २०५४ सालमा बनि सकेको थियो क्षेत्र चाहि यिनै थिए,र ३६ जिल्लाका ९३ निर्वाचन क्षेत्रमा २०५६ बैशाख २० गते र ३९ जिल्लाका ११२ क्षेत्रमा २०५६ जेठ ३ गते निर्वाचन भएको थियो।
यो निर्वाचन पछि धेरै उथलपुथल भयो, माओवादी बिद्रोहीको रूपमा जन्म भयो, २०५८ साल जेठ १९ गते तत्कालीन राजा बिरेन्द्र र उनको वंश बिनास भयो राजपरिवारका दश सदस्यको हत्या भयो,सम्बिधानमा भएको प्रावधान अनुसार ज्ञानेन्द्र राजा भए। दुई/दुई पटक राजा बन्ने अवसर पाए पनि राजसंस्थाको सही सदुपयोग नगरेकै कारण नागर्जुन दरवारमा मात्र सिमित हुन पुगे।त्यो समयमा माओवादीहरूले आन्दोलनलाई उत्कर्षमा पुर्याएका थिए,यतै मान्छे मारिएका उतै मान्छे मारिएका ,कारुणिक दृश्य नेपाल आमाका सन्तान नै मारिएका,बिद्रोही पक्षबाट होस वा राज्य पक्षबाट, राजाले गद्दीमा बसेर सम्बैधानिक राजाको भूमिका निर्वाह गर्नु पर्नेमा ,मन्त्री परिषदको अध्यक्ष बन्दा, ०६२/०६३ को आन्दोलन भयो,त्यही आन्दोलनबाट बिद्रोही पक्ष र संसदीय पक्षका बिच दिल्ली सम्झौता हुदै देश संघिय गणतन्त्रमा परिणत भयो र राजापनि नागर्जुन दरवारमा सिमित बन्न पुगे।
२०६४ चैत २८ गते सम्बिधानसभाको निर्वाचन भयो,दुई बर्ष म्याद थपियो। कम्युनिस्ट पार्टीका चार/चार जना प्रधानमन्त्रीहरू ,प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बने तरपनि सम्बिधान बन्न सकेन, अन्त्यमा कम्युनिस्ट प्रधानमन्त्री बाबुराम भट्टराईले सम्बिधान सभा बिघटन गरे, राजनैतिक सहमतिको आधारमा खिलाराज रेग्मीलाई मन्त्रिपरिषदको अध्यक्षमा नियुक्त गर्ने र नेपालको बिशिष्ट श्रेणीमा काम गरेका सेवा निवृत्त भएकाहरूबाट एघार सदस्सिय मन्त्री मण्डल गठन हुने गरि सहमति भएको थियो।उक्त सरकारले दोस्रो सम्बिधान सभाको निर्वाचन २०७० मङ्सिर ४ गते एकै चरणमा गरायो।निर्वाचन क्षेत्र पुन: परिवर्तन भई ७५३ स्थानीय तहको ब्यबस्था भयो, जस अनुसार मेचिनगर नगरपालिकाको पुरै क्षेत्र, बुद्धशान्ति गाउपालिकाको साबिक शान्तिनगर गा बि स र भद्रपुर नगरपालिकाको साबिक चन्द्रगढी गाविसलाई यस क्षेत्रमा समायोजन गरियो।सम्बिधान सभाको निर्वाचनमा मत माग्न जादा नै नेपाली काङ्ग्रेसका हाल निर्वाचित महामन्त्रीले भाषणमा भनेका थिए,
२०४८ सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेस बाट तत्कालिन २ नम्बर क्षेत्रमा बसोबास गर्ने हाल स्वर्गीय भइसक्नु भएका चक्रप्रसाद बास्तोलालाई उमेदवार बनाईयो,प्रबुद्ध व्यक्तित्व भएपनि,क्षेत्रमा परिचित नभएको कारणले बिजयी बनाउन सकिएन त्यसै गरि २०५१ को मध्यावधि निर्वाचनमा पनि क्षेत्र नम्बर ४ बाट गोपालकुमार बस्नेतलाई पार्टीले उमेदवार बनायो,उहाँपनि क्षेत्रमा परिचित नभएको र छिमेकी भारतको बङ्गाल राज्यमा एकक्षत्र रूपमा ज्योति बसुको कम्युनिस्ट पार्टीले शासन गरेको प्रभावले पनि यो १ न क्षेत्रलाई बिजयी बनाउन सकिएन २०५६ को निर्वाचनमा नरेन्द्रबिक्रम नेम्वाङ्ग उमेदवार बन्नु भयो उहाँ यही क्षेत्रवासी भएको कारण बिजयी त बन्नु भयो,तर माओवादी द्वन्द्वको कारण गाउ पस्न सक्ने स्थिति नभएको कारण केही काम भएपनि सन्तोषजनक काम गर्न नसकेको कारण २०६४ को सम्बिधान सभाको निर्वाचनमा उनै नेम्वाङ्ग करिब एकहजार मतान्तरले उप बिजेतामा नै चित्त बुझाउनु पर्यो, त्यो बेला माओवादीको प्रभावको कारणले सो पार्टीका धर्मप्रसाद घिमिरे बिजयी बने।यसरी नेकपा एमाले बाट क्रमश राधाकृष्ण मैनाली,देबि ओझा, जस्ता व्यक्तित्व उठाएर बिजयी बनाए पनि खास आफ्नो क्षेत्रलाई हेर्ने नजर फरक परेकाले बिकाश हुन सकेन भने सबै जसो पार्टीहरूले उमेद्वार आयात गर्ने परम्पराले यो क्षेत्र उपेक्षित हुन पुगेको भन्ने लाग्छ।
अन्त्यमा राजकुमार कार्की जी को कविताको केही अंश प्रस्तुत गर्न मन लाग्यो:-
“गाउँका बा आमाहरु तिम्रै पर्खाइमा बाटो हेरि बसेका छन्
कहिले आउछ सानो बि पि भनेर।
तिम्रा बालसखाहरु पनि तिम्रै पर्खाइमा छन्।
ती नेवार आमाको दस धारा दुधको भार तिर्न पनि तिमीले झापा एकबाटै चुनाव लड्नुपर्छ।
राम्रो शिक्षा र रोजगारको खोजीमा विद्यार्थीहरु बेरोजगारहरु।
सबै मङ्सिर चारको पर्खाइमा छन्
तिमीलाई मत पत्र बाट विजयी गराउन आतुर छन्।
सयपत्री मखमली जाइ जस्ता हजारौं फूल तिम्रो गलामा झुन्डिन तयार छन्
त्यो रातो रंग तिम्रो विजयी उत्सव मनाउन तयार छ।तिमी हिराहरुमा कोहिनुर रहेछौं माफ गर हामीले चिन्न सकेनौं
तिमीसँग सिङ्गो मुलुक बनाउन सक्ने दुर दृस्टि भिजन रहेछ
त्यसैले एकपटक हामी झापा क्षेत्र नम्बर एकका मतदाताहरुलाई मुलुक बनाउने भाग्यशाली मतदाता भनेर इतिहासमा सुनौलो अक्षरले लेख्ने मौक्का देउ।
हामी अब दल भन्दा माथि उठेर झापाको कोहिनुरले मुलुकको मुहार फेरेको हेर्न चाहान्छौ।
त्यसैले तिमी आउ विश्व प्रकाश जसरी अधेरी रातलाई बिहानीको सूर्यको किरणले उज्यालो बनाउछ
त्यही प्रकाश भएर तिमी आउ विश्व प्रकाश।”
यति लेख्दै नेपाली काङ्ग्रेस क्षेत्र नम्वर:-१ का आदर्णिय मतदाताहरूमा आग्रह गर्न चाहान्छु यही मङ्सिर ४ गते हुने संघिय निर्वाचनमा बिश्वप्रकाश शर्मालाई नेपाली काङ्ग्रेसको #रूख# चिन्हमा अत्याधिक मत दिई बिजयी बनाई यस क्षेत्रको साथै समग्र बिकाशका लागि हार्दिक आग्रह र अनुरोध गर्दछु,धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर:-८ मेचि अञ्चल ,झापा