हल्दिबारी, ११ भदौ । कुशेऔंसीको अबसरमा गोकर्णेश्वर मन्दिर परिसरमा श्रद्धालुहरुको भिड रहेको छ । श्राद्धेगरी महादेव मन्दिरको मोक्ष प्राप्तीको दर्शन गरिन्छ । यस ठाउँमा श्राद्ध गरेमा पुण्य प्राप्त हुन्घ भनेर टाढा टाढा पनि आजको दिन बाहेक पनि अन्य दिनमा पनि आई पितृको श्राद्ध गर्दछ ।

यो प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर(घरमा भित्र्याएर मनाइदै छ । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । आज विशेष गरी नेवारी समुदायमा धुमधामका साथ मनाउद छन् ।

  जसमा वुवालाई मिठो मिठो परिकार बनाई घरबाट माइतिघर तिर लान्छन् । अझ त्यसमा पनि मिठाई हरु पनि राखिन्छ । यो काठमाण्डौ नेवारहरु वेलुका सवै परिवार बसेर मनाउने गर्दछन । भन्नेहरुले विहान समय अनुसार मनाउनद छन । यस गोकर्णेश्वर मन्दिरमा वरिपरि मेला पनि लाग्दछ । जसलाई गोकर्णको मेला भन्ने गरिन्छ । आज यहा जोरपाटी देखि गोकर्णेश्वर मन्दिर सम्म यातायात बन्द गरिन्छ भने छेउ छेउमा पसल र खानेकुराहरु पनि राखिएको हुन्छ । फोटो फिचर

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार