हल्दिबारी, १३ भदौ । हाम्रो संस्कार, हाम्रो परम्परा अनुसार  तीज पर्व राष्ट्रिय पर्वको रूपमा नै लिईन्छ, यही भएर राष्ट्रले पनि महिलालाई मात्र भएपनि बिदा दिने चलन छ, यो पर्वले हामीलाई के सिकाउदै छ, यसको लेखाजोखा हामी कुनै संघ/संस्था नेपाल सरकार र राजनैतिक दलहरूले पनि गरेका छैनौ, याहा त बिभिन्न संघ/संस्थाहरू छन, स्थानीयतह अन्तर्गत गाउपालिका नगरपालिका छन, ती स्थानीयतह भित्र वडा कार्यालय पनि छन नेपाल सरकारका कार्यालयहरू छन,बिभिन्न पार्टीहरू सकृय छन,र यस्ता धेरै गैर सरकारी संघ संस्थाहरू छन,यो तिज पर्व हाम्रो संस्कार र परम्परा भनेको एकदिन मनाईने गरिन्थ्यो तर आज आएर माथि उल्लेख गरिएका संघ संस्था र सरकारी कार्यालयहरूले एकमहिना भन्दा बढि मनाउन थालेर बिकृति भित्र्याई रहेको पाईन्छ, ज जसले तिज मनाउन बोलाए पनि जाने चाहि उनै हुनेखाने नै हुन्छन, फुर्सद उनीहरूको नै हुन्छ, ति हुनेखानेले जुन कार्यक्रममा जादा पनि आफ्नो पहिरन र गरगहना फरक/ फरक लगाई आफुलाई अब्बल दर्जाको हु र रहेछु भन्ने पुष्टि गराई रहेका छन दिदीबहिनीहरूले,  त्यही कार्यक्रम भित्र उपस्थित भएकाहरू बिचमा पनि गहनाको एक किसिमको चर्चा परिचर्चा भएको पनि सुनिन्छ, कोही हँसिलो मुद्रामा देखिन्छन त कोही गम्भीर मुद्रामा रहेर मनाउदै आईरहेकाछन मनाउन आएका उपस्थित दिदीबहिनीहरू बिच फरक/ फरक सोच पाइन्छ भने, कुनै एकदिन मजदुरी गर्न गएन भने आफ्नो र परिवारको हातमुख एकै ठाउँमा पुग्दैन, त्यस्ता हुँदा खानेलाई कसले उद्धार गर्ने यो ठूलो प्रश्न खडा भएको छ, उनीहरू यो अरूले मनाएको तिजका दृश्य हेर्ने नै फुर्सद काहा छ र! गहना त परै जावोस पहिरनलाई फरक तरिकाले लगाउने कमाई नभएपछि हामी निम्न आय भएकाहरूलाई चुनौतीको बिषय बनेको छ, र भन्छन यस्ता बिकृतिहरूलाई सञ्चार माध्यम र टेलिभिजन कार्यक्रमहरूले चिर्नुपर्नेमा उनीहरूनै तिज पर्वको बिकृति रूप प्रस्तुत गरेर बढावा दिनतर्फ लागिपरेको पाईन्छ। नेपाल टेलिभिजनको प्रायम टेलिभिजन कार्यक्रममा दिइने धमलाको हमला “जनता जान्न चाहान्छन” कार्यक्रममा यस्ता बिकृतिका बिरूद्ध कहिले देखाउदैन भनेर तल्लाघरे छिमेकी कमला यस्ता दृश्य भएका फोटोहरू देखाउदै भन्छिन, पहेंलपुर पहिरन त छदैछ, सरकारी पहिरन र स्वास्थ्य सोयम सेविकाको पहिरनमा समेत तिज बिशेष कार्यक्रममा नाचेर देखाएको दृश्यले हाम्रो परम्परा संस्कार र संस्कृतिलाई कुन ठाउँमा पुर्याउने हो यो एकमहिने तिज बिशेष कार्यक्रमलाई कसले पुरानो एकदिने परम्परामा झार्ने हो यसको खोजी आवाश्क ठान्दछु साथै यी हाम्रा संघ,संस्था,सरकारी कार्यालय, स्थानीयतह अन्तर्गत गाउँपालिका, नगरपालिका  प्रत्येक वडा कार्यालय,गैर सरकारी संस्था आदिले देखाएको बिकृतिलाई कसरी हटाउने, भन्दै मेरो तल्लाघरे छिमेकी कमला भन्छिन:- हेर्नुहोस त चियाबगान मजदुर, होटल मजदुर, कृषि मजदुर, अर्थात बलको काम गर्ने महिला दिदीबहिनीहरूलाई  कसले सम्बोधन गर्छ आम गुनासो सुनिन्छ यसैगरि तिज पर्व मात्र हैन हाम्रा धेरै पर्वहरू छन ती पर्वहरूलाई पनि बिकृति भित्र्याएर पर्व मनाउदै जाने हो भने हाम्रो संस्कार परम्परा र संस्कृतिलाई काहा पुर्याउछ ? आउदा पिँढीलाई हामीले कस्तो खालको सन्देश दिदैछौ ? यो प्रश्नको जवाफ बिकृति भित्र्याएर महिनौ मान्ने परम्पराको थालनी गर्ने सरकारी कार्यालय, स्थानीय तह, गैर सरकारी संस्था र प्रतिष्पर्धि संघ/संस्थाहरूका सञ्चालकहरूले दिनुपर्छ भन्ने मेरो बुझाई हो भन्दै मेरो तल्लाघरे छिमेकी कमला भन्छिन।
यसै बिचमा मेरा नगरवासी भाई राजकुमार कार्की जी ले सामाजिकसंन्जाल फेसबुकमा पोष्ट गर्नु भएको ” धमला माथि जनताको हमला” शिर्षकको कविता पनि यो लेखमा राख्न मन लाग्यो:-
आखिर निर्दोष नै ठहरिए त महरा दाजु
दोषी नै रहेछन् त रौसी बदाम और काजु!
आखिर निर्दोष नै रहेछन् त महरा दाजु
सजायको भागिदार बन्नु पर्ने होइन र
रौसी बदाम और काजु!
यहाँ त कस्तो एक तर्फी बाटो जस्तो रहेछ
जनता भने सधैं नै जान्न चाहन्छन्
तर के गर्नु आफू भने कहिल्यै जान्न नै चाहदैनन् धमला दाजु
उता रौसीकै नशामा नाचेरै भाइरल भइन भाउजू !

यी नाचका दृश्यहरूले के पुष्टि गरि रहेको छ,यस तर्फ सबैको ध्यान पुग्न जरुरी ठान्दै, अन्त्यमा हाम्रो संस्कार, परम्परा र संस्कृतिलाई जगेर्ना गरौं । बिगार्ने काममा हामी कोही पनि नलागौं। बिकृति र बिसङ्गतिलाई अन्त्य गर्न पर्व मनाउने परम्परालाई पुनरावलोकन गरौ,हाम्रो संस्कार हाम्रो धन सम्पत्ति हो।धन्यबाद

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार