हिजोका ती , मुसा बिरालाहरु
आज छतमा चढी , निधाँर टेकिसके।
मै लाऊ ,मै खाँउ , भन्दै घमण्डतामा
ईज्जत र सम्मान , सबै बेची सके ।।

घरमा नियम बिधानले , बस्नुपर्छ भन्दा,
तिनीहरू आफ्नो संसार , भेटी सके ।
घर-बास दिनेलाई , यहाँ कसले पो चिन्छ र,
उसले बाँच्ने जीवनशैली, आफ्नो रोजी सके।।

घरमा जति खाएनी , दूध भात भन्दा,
उसले चराचुरुङ्गी खानमा , भेटी सके।
उसको लोभियो मन , त्यही चराचुरुङ्गी माथि
झन,घरको मालिक को हो भन्दै , चिन्न छोडिसके।।

आँगनीमा फोहोर हुन्छ ,घरपेटीले भन्दा,
उसले दानव दृष्टि , नै रोजी सके ।
त्यो जनावरमा कहाँ , हुन्छ र मानवता ,
उसले भिन्नतालाई रोजी, दृष्टि खोजी सके।।

जोगेन्द्र प्रसाद राजवंशी 
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेशिया

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार