ने.का. महामन्त्री तथा घोषणा पत्र निर्माण समितिका संयोजक विश्व प्रकाश शर्मा जू,
      भर्खरै तपाई केन्द्रिय तथा प्रान्तीय संसदिय  आगामी मङ्सिर चार गते हुन गइरहेको चुनावको घोषणा पत्र निरमाणको मुख्य जिम्मेवारी पाउनु भएको छ तपाई र तपाईको समूहलाई लक्ष प्राप्तिमा सफलता मिलोस अग्रिम सुभकामना।
    घोषणा पत्र नै देश निर्माणको प्रमुख मेरुदण्ड अर्थात बाटो हो।यो देश काल परिस्थिति समयले मागे अनुरुप आउन सके जन आकाङ्क्षाले सहि बाटो भेटाएको भन्न सकिने अवस्था रहन सक्थ्यो।हुनत घोषणा पत्र साधन हो प्राप्त गर्न खोजेको  अन्तिम लक्ष साध्य हो। यसरी साधन र साध्यको मेल खान सके देशमा चाडो समृद्धि आउने थियो। दलहरुले एउटा कागजको खोस्टो ल्याउने आफ्नो मनको लहडमा लागेर आफूले चाहेको अनुप योजना बनाउने भरसक आफ्नो क्षेत्रमा मात्रै विकास गर्ने आफ्नो दललाई देश भरिका मतदाताहरुले मत दिएर मेरो दल सरकार बनाउन पुग्यो भन्ने  हेक्का गुमाउने प्रवृत्तिको बढ्दो छ यसको अन्त्य हुनु जरुरी छ र हुनुपर्छ तपाईले बनाएको घोषणा पत्रले यसको अन्त्य गरोस्।
    घोषणा पत्र समाजवादी बनोस् समाजको लक्षित वर्गको पहिचान गर्न सकोस्।ॠणात्मक बजेट ल्याउने खालको घोषणा पत्र नआओस् ।छरितो आफ्नो अर्थतन्त्रले धान्ने अर्थात विदेशीको मुख ताक्न पर्ने नआओस्।जनताका असीमित आवस्यकताहरु सिमित साधन श्रोतले परिपुर्ति गर्न सकोस् ।एकैपटक हाम्रो बजेटले धान्न नसक्ने अवस्थामा क्रमिक रुपमा आवस्यकताको पहिचान गरि परिपुर्ति गर्दै जाओस्।भोकाएको मान्छेको एकैपटक पेट भर्न नसके पनि पहिलो चरणमा खाजा दियोस उ बाच्छ  त्यसपछि भर पेट खान दिन सकोस् बजेटले अर्थात् विकासले।
  गाउँमा सामान्य हात्ती बाँदर आतंक देखि देशका जङ्गे पिलर हराउने जस्ता र मेची महाकाली तराई पहाड हिमाल कर्ण्ाालीका समस्या पहिचान गरि बजेटले सार्थक परिणाम दिने खालको घोषणा पत्र आओस्। गाउँका बाटाघाटा कुलो नदी कट्टान सिंचाइ कृषकका समस्या वन जङ्गल सबैलाई  छोओस। शिक्षा स्वास्थमा आमूल परिवर्तन गर्ने खालको घोषणा पत्र आओस्। बेरोजगारको उत्पादन गर्ने थलो शिक्षा  नबनोस्।देशले लगानी गरेर उत्पादन गरेका विद्यार्थीहरु प्रत्येक वर्ष विदेश पलायन हुने उतै पिआर टिआर ग्रीनकार्ड पाएर बस्ने साह्रा सम्पत्ति बेचेर उतै लाने प्रवृत्तिलाई अब आउने घोषणा पत्रले अन्त्य गरोस्।स्वदेशमै उपचार सबैले गर्ने सक्ने होस। मुख्यतय कृषिप्रधान देशमा एउटा मल कारखाना छैन कम्तीमा एउटा मल कारखान घोषणाले समेटोस र सार्थकता पनि पाओस्।
  कृषि वन जङ्गलमा आधारित उद्योग धन्दा कलकारखानाहरु खोलियोस स्थानीय ठाउँमा। बेरोजगारको अन्त्य हुँदै जाओस्।पूंजीको आवस्यकता त्यसको लागि पर्छ नै रेमिटेन्सलाई त्यस क्षेत्रमा लगाइयोस। विदेशमा रहेका कामदारलाई आफ्नो आम्दानीको केही रकम उद्योग खोल्न लगानी गर्ने तर्फ घोषणा पत्रले समेटोस्।जादा कामदार आउँदा उद्योगको मालिक बन्न सकोस्।भविष्यमा उसका सन्ततिले रोजगारको लागि विदेशमा पसिना बेच्न नपरोस्।नागरिकले आफ्नो गाँस  काटेर उद्योगमा लगानी गर्ने खालको घोषणा पत्र आओस्। मजदुरले आफ्नो आम्दानीको केही हिस्सा काटेर लगानी गर्ने सक्ने खालको घोषणा आओस लगानीको ग्यारेन्टी सरकारले गरोस्।जलविद्युत उत्पादनलाई उद्योगको रुमा लगानी गर्ने वातावरण बनाइयोस।पर्यटनलाई उद्योगकै रूपमा लगियोस।पर्यटनको विकास हुनसके विदेशी मुन्द्राको पर्याप्त मात्रामा दिगो श्रोत हुनेछ।मान्छे जन्मेपछि एकपटक नेपाल भ्रमण नगरे जीवन सार्थक नहुने वातावरण बनायोस र पर्यटन भित्र्याइयोस। सबै धर्म सस्कृति लिंग वर्णको विकास र त्यसको जगेर्ना  गरियोस्। बृद्ध भत्ता भोट किन्ने माध्यम बनिरहेको छ जुन पार्टी दियो उसले आफ्नो निजि सम्पत्ति बाट दिएको जस्तो गरेर प्रचारबाजि गरिरहेको छ राज्यको ढुकुटीबाट दिदा पनि यस्तो कुराको अन्त्य होस्। बृद्धअबश्थाका बृद्ध भत्ता खाने जेष्ठहरु नागरिकको पालन पोषण उपचार खर्च सम्पुर्ण राज्यले बेहोरोस जस्ले गर्दा भ्रष्टाचार नियन्त्रण हुन्छ किन केको लागि भ्रष्टाचार गरेर सम्पत्ति थुपार्नु पर्‍यो र बूढेस कालमा कुनै कुराको दु:ख नहुने भएपछि।
  महगी नियन्त्रण गरियोस्। बढ्दो शहरीकरणलाई घोषणा पत्रले छोओस।बसाइँ सराइ न्यून रुपमा होस् ।गाउँ मुखी घोषणा पत्र आओस् शहरलाई पनि घोषणा पत्रले छोओस।सबै वर्ग तह तप्का जात जातिलाई घोषणा पत्रले समेटोस।महिला हिंसाको अन्त्य होस् ।महिला अपांग दलित पिछडा वर्ग मुस्लिम लोपोन्मुख जाती आदि सबैलाई न्याय दियोस अर्थात समेटोस घोषणा पत्रले।धनी र गरिब बिचको खाल्डो घोषणा पत्रले पुर्न सकोस्। कर्मचारीहरु सुरक्षा निकायहरु सबै तह तप्काकालाई घोषणा पत्रले छोओस अर्थात समेटोस। ठेक्का पट्टा यथार्थमा लागोस मानौ बाहिर दस रुपैयामा पाउने डडपेन भित्र सरकारले खरिद गर्दा एक सय पचास रुपैया नपरोस्  रु दसमा नै खरिद गरियोस्। यथार्थ रकममा ठेक्का आगोस ९०% रकम खर्च होस् बाँकी १० % रकम मात्रै ठेकेदारले नाफा लिने वातावरण होस्।बनेको संरचनाको सत प्रतिशत आयु होस्।असारमा बनाएर साउनमा पुनः  मर्मत गर्ने खालको अवस्था आएमा ठेकेदार र योजना पास गर्ने कर्मचारी वा व्यक्ति बाट पुरै रकम क्षतिपूर्ति सहित भराइयोस। सबैलाई समेट्ने खालको घोषणा बनोस् कार्यनयन पनि होस्। परराष्ट निति राम्रो समय सापेक्ष होस।कर तिर्नेलाई गर्व महसुस हुने खालको होस्।राज्यले सम्मान पनि गरोस्।
     अर्को तर्फ आज सम्म डाक्टरहरु तथा ठूल्ठूला टाउका गिदी भएका व्यक्तिहरुका गिदी प्रयोग गरेर बजेट बनाइयो देश झन कंगाल भयो त्यसैले आवश्यक परे तिनको गिदीलाई केही समय सम्म निलम्बन गरेरै भएपनि साना टाउका गिदी भएका भुइँ मान्छेहरुका गिदी प्रयोग गरेर देशमा दिगो विकास चाडो  गर्न सकिने खालको बजेट बनोस् त्यसलाई समेट्ने खालको घोषणा पत्र आयोस।बरु पाँच वर्षमा पाँच वटा मात्रै विकास फरकफरक क्षेत्रमा होस्। अर्थात एक आर्थिक वर्षमा एउटा काम।जस्तै शिक्षा स्वास्थ सडक तथा यातायात  ,सिंचाइ र कृषि आदि।एक वर्षको पुरै बजेट एउटा क्षेत्रमा लगाइयोस बनेको संरचनाको लामो आयु होस्।
अरु क्षेत्र मर्मत र चल्ने मात्रै बनाउने उक्त क्षेत्रको पालो नआउन्जेल। ठेकेदारले थोरै  नाफाले काम गरोस् आयु सम्म बनेको संरचना नटिकेमा ठेकेदार र  त्यो योजना पास गर्ने अधिकारी वा व्यक्ति बाट  क्षतिपूर्ति सहित सम्पुर्ण रकम असुल उपर गर्ने खालको व्यवस्था होस् ।अन्य कुरा यथावत रहेमा माथिका कुरा लागु होस्।जस्तै प्राकृतिक बिपत्ति आदिले बिगारेमा त्यसको अध्ययन गरेर समयानुकूल मुल्यांकन होस्। बनेको संरचना दिगो होस् ।
  यी सम्पुर्ण कुराहरुलाई समेटेर घोषणा पत्र बनाइयोस।सकभर पाँच दशकको विकासको खाका कोरियोस नभएमा तीन पन्च वर्षको खाका कोरोस घोषणा पत्रले।जसरी एउटा इन्जिनियरले एउटा घरको नक्सा कोरे झैं कोरियोस। पहिलो पाँच वर्षमा घरको जग फण्डेस पिलर हाल्ने झ्याल ढोका सबै हाल्ने एक तला पूरा गर्ने अनि दोश्रो पाँच वर्षमा पहिलो काम पूरा गर्यौ अब दोश्रो तला पुर्ण गर्न अनुमति दिनु होस् भनेर मत माग्ने र दोस्रो कार्यमा गर्नु पर्ने सम्पुर्ण काम पुरा गर्ने अनि फेरि तेस्रो पाँच वर्षमा बाँकी काम पुरा गर्न पुनः मत दिनु होस् भन्ने , जनता बाट अनुमोदित हुने र रंग रोगन सहित तयारी घर बनाउने अनि जनतालाई हस्तान्तरण गर्ने हामी गरेका वाचा पुरा गर्यौ भनेर। यस्तो खालको घोषणा पत्र अब आओस् र कार्यनयन होस्। यसो हुँदा राजनीति गर्ने व्यक्ति मात्रै राजनीतिमा आउछन् बाँकी सबैको  पेसा क्षेत्र वर्ग समेटीएपछि उ आफ्नै पेशामा  फर्किन्छन् किनकि उस्को क्षेत्र समेटिएपछि त्यही क्षेत्रमा आफ्नो कर्म गर्छ राजनीति गर्ने भिड पनि हट्दछ। तब राजनीति सङ्लो हुन्छ।राजनीति गर्नेहरुको इज्जत र सम्मान पनि बढ्छ।बि पि को सपना परिकल्पनालाई समयानुकूल हुने खालको समाजवादी घोषणा पत्र आओस्।
सुझावलाई सकारात्मक रुपमा लिइदिनु हुन अनुरोध गर्दछु।गल्ती भएमा माफ पाउ । जय नेपाल।
उहीँ दुरदराजको भुइँ मान्छे
 राज कुमार कार्की
 मे न पा- १५, झापा
 धन्यवाद !
  शुभ बिहानी !!
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार