सन्तोष सेनले निर्माण तथा निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ ले ३४ करोड रुपैयाँ कमाएको छ । निर्माता सेनले चलचित्रले दुई सातामा विश्वव्यापी रुपमा करिब ३४ करोड रुपैयाँ कमाइ गरेको जनाएका छन् । उनका अनुसार यसले दुई सातामा नेपालमा ११ करोड ८१ लाख रुपैयाँ कमाएको छ । सेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्रको कमाइ सार्वजनिक गरेका हुन् ।
चलचित्रले पहिलो साता नेपालमा ७ करोड ९६ लाख कमाएको छ भने दोस्रो साता ३ करोड ८५ लाख कमाइ गरेको छ । यो कमाइ नेपाली र हिन्दी दुवै संस्करणको हो । यो चलचित्रले नेपालमा २ करोड ५ लाखमा ओपनिङ गरेको थियो । चलचित्रले दोस्रो दिन शनिबार २ करोड २२ लाख, तेस्रो दिन आइतबार ९५ लाख ५० हजार, चौथो दिन सोमबार १ करोड १५ लाख, पाँचौँ दिन मंगलबार ६५ लाख, छैटौँ दिन बुधबार ६१ सौर्य दैनिकमा खबर छ । लाख र सातौँ दिन बिहीबार ५३ लाख कमाइ गरेको छ । चलचित्रले दोस्रो साता शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार ४० लाख र शुक्रबार ८२ लाख कमाइ गरेको जनाइएको छ ।
यस्तै, चलचित्रले भारतमा दुई सातामा ४ करोड ७६ लाख भारु ९७ करोड ६० लाख० कमाएको उल्लेख छ । भारतमा चलचित्रले पहिलो साता ३ करोड ४४ लाख भारु कमाएको थियो । यसैगरी, दोस्रो सातामा १ करोड ३२ कमाएको हो । नेपाल र भारतबाहेक अन्य देशमा चलचित्रले दुई सातामा ९ करोड १४ लाख भारु ९१४ करोड ५९ लाख बढी० कमाएको जनाइएको छ । चलचित्र निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका थिए । चलचित्रको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन् । चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको प्रमुख भूमिका छ । यस्तै, चलचित्रमा अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, योगिशा खत्री, पुस्कर कार्की, प्रेम पुरी, जीवन भट्टराई, अभिनेत्री लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय छ ।