पश्चिम किनारमा दक्षिण कोरिया र उत्तर कोरियाबीच गोली हानाहान भएको छ । समुद्री सीमा मिचेको आरोपमा दुई कोरियाली सेनाबीच किनारमा चेतावनी स्वरुप गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेना प्रमुखले उत्तर कोरियाको एउटा ब्यापरिक पानीजहाजले सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा उत्तरी सीमालाइन पार गरेपछि चेतावनी स्वरुप गोली प्रहार गरिएको बताएका छन् ।
उत्तर कोरियाको जनसेनालाई उद्धृत गर्दै त्यहाँको सरकारी मुखपत्र केसीएनएले दक्षिणको एउटा पानी जहाज आफ्नो पानीमा प्रवेश गरेको दाबी समेत गरेको छ । उत्तर कोरियाले निरन्तर ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरिरहेको बेला पछिल्लो तनाव देखिएको हो । यसो त पछिल्लो समय दुई कोरियाबीच पश्चिम समुद्री सीमालाई लिएर बारम्बार तनाव उत्पन्न हुदै आएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1