हल्दिवारी, १० कात्तिक : कार्तिकशुक्लपक्ष द्वितीया, तिहारको पाँचौ दिन आज भाइटीका हो । दिदीबहिनीहरुले दाजुभाइको आयु, आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने पर्व तिहार नेपालीको दोस्रो ठूलो पर्व हो । आज भाइटीकाको साइत बिहान ११ः३७ मिनेटमा जुरेको छ ।

आजको दिन टीका लगाइदिने ब्यक्ति पूर्व र लगाउने व्यक्ति पश्चिम फर्केर टीका लगाउन सकिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

यो पनि : आज बिहान ५ बजेदेखि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला : काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लािग भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खोलीएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार